









दोर्ण के.सी.
तुलसीपुर, २० भदौ ।
हिन्दु नारीहरूको महान पर्व हरितालीका तिजको रौनक बढेसँगै दाङको तुलसीपर बजारमा पनि बिस्तारै चहलपहल बढ्न थालेको छ । चाडपर्व सुरु भएसँगै बजारमा आवश्यक सर–सामाग्री किनमेल गर्नेको चहलपहल तिव्र गतिले बढ्न थालेको हो । बजारमा मानिसको भिडभाडको रौनक बढेपनि व्यापार, व्यवसाय भने खासै चहलपहल नभएको व्यवसायीहरूले बताएका छन् । विशेषगरी फेसनमा हिड्ने युवा तथा युवतीको पुस्ताहरू जति सबै बेरोजगारका कारण देश बाहिर गएकोले त्यसको प्रत्यक्ष असर व्यापार, व्यवसायमा परिरहेको तुलसीपुरका विभिन्न व्यवसायीहरूले बताएका थिए । हिन्दु नारीहरूको महान पर्व हरितालीका तिज आउन अब एकदिन मात्रै बाँकी हँुदा बजार व्यस्त देखिएपनि व्यापार, व्यवसायमा भने खासै चहलपहल नभएको व्यवसायीहरूले बताएका हुन् । अन्य व्यवसायहरूमा चहलपहल नभएतापनि कस्मेटिक व्यवसायमा विशेष चहलपहल बढेको कस्मेटिक व्यवसायीहरूले बताएकाछन् । विशेषगरी तिजमा महिलाहरुले फेन्सी र कस्मेटिक सम्बन्धिका सामानहरु बढि मात्रामा किनमेल गर्ने हँुदा पनि कस्मेटिक सामानको व्यापार बढेको उनीहरूले बताएका हुन् । तिजमा महिलाहरुले सुनचाँदीका गरहना पनि किन्ने गरेपनि यसपाली भने सुनको भाउ आकासिदा महिलाहरूले समग्रमा यसपालीको चाडपर्वमा विशेषगरी बजारमा कस्मेटिक र फेन्सी सम्बन्धिका सामाग्री बढि किनमेल गरेको पाउन सकिन्छ भने सुनचाँदीको व्यापार फाट्टफुट्ट हुने गरेको छ । फेसनमा हिड्ने युवायुवती सबै बाहिर पलायन हुदा पनि व्यापार घटेको व्यवसायीहरु बताउछन् ।


