डा. महाविर पुनद्धारा जिपको मोडेल उद्घाटन

Byदोर्ण के.सी.

२९ फाल्गुन २०८०, मंगलवार १६:५४ २९ फाल्गुन २०८०, मंगलवार १६:५४ २९ फाल्गुन २०८०, मंगलवार १६:५४

दोर्ण के.सी.
दाङ, २९ फाल्गुन । बैज्ञानिक तथा डा. महाविर पुनले दाङको घोराहीमा एक कार्यक्रमका बिच जिपको मोडेल उद्घाटन गरेकाछन् । कृषि औजार कारखाना खोल्ने अभियानका साथ पुस्तक बिक्री गरी आर्थिक संकलन अभियानमा देश दौँडाहामा रहेका बैज्ञानिक तथा डा. महाविर पुनले गुरुकुल एकेडेमीका विद्यार्थिहरुले बनाएको जिपको मोडललाई दाङको घोराहीमा एक कार्यक्रमका बिच उद्धघाटन गरेका हुन । उनले सोहि शिलसिलामा घोराहीमा रहेको बेला एक औपचारीक कार्यक्रमको आयोजना गरी गुरुकुल एकेडमी घोराहीको प्राङगनमा उद्धघाटन गरेका हुन । गुरुकुल एकेडेमी घोराहीका अतिरीक्त क्रियाकलाप संयोजक तथा शिक्षक विशालमान श्रेष्ठको नेतृत्वमा तथा ५ जना विद्यार्थीहरु दिपेश वली, सफल भण्डारी, एलन बिके , आरोहन श्रेष्ठ र संयोल बस्नेतले उक्त जिप मोडेलको गाडि करिव १ लाख १० हजारको लागतमा निर्माण भएको संयोजक श्रेष्ठले जानकाकरी दिएका हुन् । यसरी काम गर्दा एकातिर काम बन्ने र अर्कोतिर काम गर्दै जादा सिक्ने अवशर पाउने पनि उनीहरूले बताएका हुन । हिरो कम्पनिको १५० सिसिको मोटरसाइकलको इन्जिन प्रयोग गरी बनाइएको उक्त गाडिमा त्यतिकै खेर जाने सामानलाई पनि सदुपयोग गरिएको छ । गुरुकुल एकेडेमीको रेक्टा बिधिको शिक्षण कृयाकलाप अन्तर्गत पनि पर्ने भएको हुनाले यो जिप मोडलको गाडि निर्माण गरिएको बताईएको छ । गाडिको उद्धघाटन डा. पुनलाई सवारी गराएर गरिएको थियो । २०७६ सालमा प्रदेश स्तरीय ग्य्रान्ड विज्ञान फेस्टिवल नेपागंजमा विद्युतीय चार पांग्रे गाडि बनाएर गुरुकुल एकेडेमी प्रथम भएको थियो तसर्थ अहिले विद्यार्थीहरुलाई इन्धनवाला गाडि बनाउन मोटिभेस्नल स्वरुप यो गाडिको निर्माण गरिएको हो । आफु संगै भएको विभिन्न खेर जाने सामानबाट पनि यस्ता नमुनायुक्त गाडिको निर्माण गर्न सकिने र प्रयोगात्मक सिप पनि सिकाई हुने बताएका हुन । यो गाडि निर्माण सम्पन्न गर्नको लागि विद्यालयका शिक्षक ई.सन्तोष कसौधन, विज्ञान शिक्षक भवन आचार्य , कर्मचारी शंकर चौँधरीले पनि सहयोग गरेका छन । साथै डा. पुनको अभियानमा साथ दिने उद्धेश्यले गुरुकुल एकेडेमीले उनको ४० प्रति पुस्तक समेत खरिद गरेको छ । गुरुकुल तुलसिपुरले २० र घोराहीले २० प्रति पुस्तक खरिद गरेको छ भने गुरुकुल एकेडेमी लमहीले पनि खरिद गर्ने कार्यक्रम रहेको विद्यालयका शिक्षक विबेक देवकोटाले जानकारी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds