दोर्ण के.सी.
तुलसीपुर २८ असोज
तुलसीपुर उपमहानगरपालिका–५ पिपल बोट स्थित टप रेष्टुरेन्ट एण्ट जुसबारले आफ्नो प्रथम वाषिकउत्सव सम्पन्न गरेको छ । स्थापना भएको एक वर्ष पुरा भएको अवसरमा विशेष सामाजिक कार्यक्रमको आयोजना गर्दै टप रेष्टुरेन्ट एण्ट जुसबारले आफ्नो प्रथम वाषिकउत्सव सम्पन्न गरेको हो । टप रेष्टुरेन्ट एण्ट जुसबारका सञ्चालक युवा व्यवसायी तथा समाजसेवी शंकर

बिष्ट र सीता बिष्ट दम्पतीले आफ्नो व्यवसायको पहिलो वार्षिकोत्सवलाई मानव सेवा आश्रम, तुलसीपुर–६ मा रहेका आश्रितहरूलाई खाजा–नास्ता वितरण गरी प्रथम वार्षिकउत्सव भव्य रूपमा सम्पन्न गरेका हुन् । सो अवसरमा वार्षिकोत्सवलाई सामाजिक सेवामा रूपान्तरण गर्दै उदाहरणीय कार्य गरेको भन्दै उपस्थित अतिथिहरूहरूले बिष्ट दम्पतीलाई धन्यवाद दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds