



दोर्ण के.सी.
दाङ, २१ मंसिर ।
दाङको तुलसीपुरमा रहेको ज्ञान दीप कलेजले पश्चिम नेपालकै उत्कृष्ट नतिजा ल्याउदै लुम्बिनी प्रदेश प्रथम भएको छ । त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको बिबिएस चौथो वर्षको नतिजामा ज्ञान दीप कलेजकी छात्रा पुष्पा भण्डारी उत्कृट नतिजा सहित लुम्बिनी प्रदेश प्रथम भएकी छिन् । बिबिएस चौथो वर्ष तर्फ ज्ञान दीप कलेजकी छात्रा पुष्पा भण्डारीले ८१ प्रतिशत अंक ल्याएर लुम्बिनी प्रदेश प्रथम गर्न सफल भएको कलेजका भाईस प्रिन्सिपल मनोज कुमार के.सी.ले जानकारी दिनुभएको थियो । त्यस्तै भण्डारी सहित सोही संकायमा अध्ययनरत विद्यार्थीहरुले परीक्षामा उत्कृष्ट नतिजा ल्याएर उतिणर् हुन सफल भएका छन ।यस कलेजले वि.वि.ए., वि।ए।सी।सीएसआईटि, वि।सी।ए, विएस्सी, वि.वि.एस. र वि.ए संकायमा अध्यापन गराउदै आएको छ । ज्ञान दीप कलेज दाङ जिल्लाकै उच्च ब्यबस्थापनका साथ सञ्चालन भैरहेको कलेजको रुपमा परिचित छ । विद्यालयले विभिन्न समय र संकायमा उत्कृष्ट नतिजा ल्याउने गरेको छ ।
