









दोर्ण के.सी.
तुलसीपुर,४ पुस ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर – ६ मा रहेको ज्ञान ज्योति फाउन्डेसनले यसै शैक्षिक सत्रदेखि एमबिए कक्षा सञ्चालन गर्ने अनुमति प्राप्त गरेको कलेज प्रमुख सुरेन्द्र जिसीले जानकारी दिनुभएको छ । दुई वर्षे (चार सेमेस्टर) कार्यक्रम अन्तर्गत सञ्चालन हुन लागेको एमबिए कक्षा पश्चिम दाङमै पहिलो पटक ज्ञानज्योति फाउन्डेसनले सुरु गर्न लागेको हो । फाउन्डेसनका अनुसार एमबिए अध्ययनका लागि स्नातक तहमा कम्तीमा सेकेन्ड डिभिजन ल्याएको हुनुपर्नेछ । फाउन्डेसन अन्तर्गत सञ्चालित कलेज दाङ जिल्लाकै उच्च ब्यबस्थापनका साथ सञ्चालन भैरहेको कलेजको रुपमा परिचित छ । विद्यालयले विभिन्न समय र संकायमा उत्कृष्ट नतिजा ल्याउने गरेको पनि कलेज प्रमुख सुरेन्द्र जिसीले जानकारी दिनुभएको हो । कलेज प्रमुख सुरेन्द्र जिसीका अनुसार पश्चिम दाङका विद्यार्थीहरूलाई स्थानीय स्तरमै गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर दिनका लागि कलेजले यो कार्यक्रम सुरु गर्न लागेको बताउँदै पश्चिम दाङमा उच्च शिक्षाका लागि नयाँ आयाम थप्ने उद्देश्यले एमबिए कक्षा सञ्चालन गर्न लागिएको जानकारी कलेज प्रमुख सुरेन्द्र जिसीले जानकारी दिनुभएको हो ।


