दोर्ण के.सी.
तुलसिपुर , ७ मङ्सिर ।
नेपाल रेडक्रस सोसाइटी जुनियर युवा रेडक्रस गोष्ठीको शुक्रबार एक कार्यक्रमका बिच उदघाटन गरिएको छ । जुनियर युवा रेडक्रस संयोजक भीमलाल मरासिनीको अध्यक्षता एवम तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा ३३ औ गोष्ठीको उदघाटन गरिएको हो । कार्यक्रममा नगरप्रमुख टीकाराम खड्काले नयाँ पुस्तालाई मानवीय सेवामा उभ्याउनका लागि रेडक्रस सोसाइटीको अहम भूमिका रहने बताउनुभयो । उहाँले विद्यालयबाटै विद्यार्थीहरुलाई मानवीय सेवामा लाग्न प्रेरित गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दाङ शाखाका सभापति मदन गौतम, तुलसिपुर उपमहानगरपालिका वडा न १३ का वडाध्यक्ष मोहन पौडेल, नेपाल रेडक्रसका उपसभापति हरिहर पौडेल,नेपाल राष्ट्रिय शिक्षक संगठन लुम्बिनी प्रदेशका अध्यक्ष भागवत पौडेल, रेडक्रस सोसाइटी दाङ शाखाका मन्त्री प्रकाश श्रीबन्धलगायत जहाँ दुःख त्यहा रेडक्रस, विद्यार्थीहरुलाई विपद् मानवीय सेवाका साथै कुलत,दुर्व्यशनी,प्राथमिक उपचारका विषयमा प्रशिक्षण गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्लाका ५० बढी विद्यालयका शिक्षक नायब,विद्यार्थीहरुको सहभागिता रहेको छ । नेपाल रेडक्रस सोसाइटी दाङ शाखाको आयोजना तथा जनज्योति मावि तुही रनियापुरको आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हेमन्त बुढाथोकीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम संकलित रकमका बारेमा अरुण नेपालीले प्रस्तुत गर्नुभएको थियो भने सञ्चालन शिक्षक मधु नेपालीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds

This will close in 0 seconds