थर्कोट समाचारदाता
दाङ, १९ माघ ।जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधी ज्ञान ज्योति माविले पाएको छ । तुलसीपुरमा रहेको ज्ञान ज्योति माध्यमिक विद्यालय पिईए इन्स्टिच्युट अफ काठमाडौँद्वारा आयोजना गरिएको दाङ जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गरेको हो। दाङ जिल्लामा रहेका विभिन्न विद्यालयहरूमा विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरूको सहभागितामा रहेका ५६ वटा टिमहरुलाई पछि पार्दै ज्ञान ज्योति माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययन गर्ने छात्र दिपक कुमार राणा र लेजिङ डाँगीले प्रथम स्थान हासिल गरेका हुन । प्रथम स्थान हासिल गरेको ज्ञान ज्योति माध्यमिक विद्यालयले नगद १० हजार सहित मेडल प्रमाणपत्र र ट्रफी प्राप्त गरेको विज्ञान संकाय कक्षा ११ का कोर्डिनेटर जितेन्द्र बस्नेतले जानकारी दिनुभएको हो । साथै गत महिना दाङ जिल्लामा कलेज रिडर्स काठमाडौँले सञ्चालन गरेको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा ज्ञानज्योति माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको थियो । ज्ञान ज्योति माध्यमिक विद्यालय दाङ जिल्लाकै उच्च ब्यबस्थापनका साथ सञ्चालन भैरहेको विद्यालयको रुपमा परिचित छ । विद्यालयले विभिन्न समयमा उत्कृष्ट नतिजा ल्याउने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds