जापानमा भूकम्पले लियो २ सय २० जनाको ज्यान

Byदोर्ण के.सी.

१ माघ २०८०, सोमबार ०६:२९ १ माघ २०८०, सोमबार ०६:२९ १ माघ २०८०, सोमबार ०६:२९
This aerial photo provided by Jiji Press shows damage in the city of Suzu, Ishikawa prefecture on January 2, 2024, a day after a major 7.5 magnitude earthquake struck the Noto region in Ishikawa prefecture. Japanese rescuers battled against the clock and powerful aftershocks on January 2 to find survivors of a major earthquake that struck on New Year’s Day, killing at least 30 people and causing widespread destruction. (Photo by JIJI PRESS / AFP) / Japan OUT

काठमाडौ, १ माघ ।  जापानमा जनवरी १ मा गएको भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई सय २० पुगेको छ । इशिकावा क्षेत्रमा ७ दशमलव ६ रेक्टरस्केलको भूकम्प जाँदा भत्केका संरचनामा खोजी गर्ने क्रममा अहिलेसम्म दुई सय २० जनाको शव भेटिएको हो । अझै २० जना हराइरहेका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

जापानको मौसम विज्ञान एजेन्सी ९जेएमए० का अनुसार उत्तरी र पूर्वी जापानमा हिजोदेखि तीव्र हावाहुरी चल्न थालेको छ । भोलिसम्म हिमपात र उच्च छाल आउने सम्भावना रहेको खबरमा उल्लेख छ । यसका कारण भूकम्प प्रभावितलाई समस्या हुनसक्ने भन्दै मौसम सम्बन्धी कार्यालयले सचेत रहन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds