थर्कोट समाचारदाता
सल्यान १० चैत
छत्रेश्वरी गाउँपालिकाले महिला सशक्तीकरण र उज्यालो समाज कार्यक्रम सुरु गरेको छ । आइतबार वडा नम्बर ४ बाट सुरु भएको यो कार्यक्रम ७ वटै वडामा संचालन हुने पालिकाले जनाएको हो । सशक्तिकरणको माध्ययमबाट महिलाहरुको आर्थिक, सामाजिक रुपान्तरण र क्षमता अभिवृद्धि गर्न, लैंगिक हिंशा रोकथाम, बाल विवाह, वहुविवाह न्यूनीकरण तथा कानुनी सचेतनाका लागि वडास्तरमा कार्यक्रम सुरु गरिएको हो ।
वडा नम्बर ४ को जयचौरमा संचालन भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष श्री बुद्ध कुमारी खत्रीले महिलालाई आत्मनिर्भर र सक्षम बनाउन सके मात्र समाज समृद्ध बन्ने विश्वास व्यक्त गर्नुभएको थियो । समाजमा अझै पनि बाल विवाह, बहुविवाह, घरेलु हिंसा जस्ता समस्याहरू रहेको भन्दै उहाँले यी समस्याको अन्त्य गर्न महिलाहरुलाई कानुनी ज्ञान र आत्मविश्वासको जरुरी रहेकोमा जोड दिनुभएको थियो ।


कार्यक्रममा सहभागि जनप्रतिनिधी, कर्मचारी, महिला एवम् सरोकारवालाहरुले सार्वजनिक प्रतिबद्धतामा हस्ताक्षर पनि गर्नुभएको हो । बालविवाह, वहुविवाह तथा लैंगिकताको आधारमा हुने सबै प्रकारको हिंसा र अपराधलाई अन्त्य गर्नका लागि सार्वजनिक प्रतिबद्धतामा हस्ताक्षर गरिएको हो । समुदायमा विद्यालय भन्दा बाहिर रहेका बालकालिकालाई विद्यालय पठाउने पनि सहभागिहरुको प्रतिवद्धता छ ।
वडा अध्यक्ष श्री छविलाल खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागि महिलाहरुलाई प्रशिक्षकहरुबाट बालबालिकाको शिक्षामा महिला अभिभावको भुमीका, आत्मविश्वास र सीप, क्षमता विकास, बाल विवाह, लैंगिक हिंसा र कानुनी सचेतना एवम् स्थानीय न्यायिक समितिको अधिकार र पहुँचका विषयमा अभिमुखिकरण गरिएको थियो ।
उपाध्यक्षसंग दिदिवहिनि कार्यक्रम अन्तर्गत छत्रेश्वरी गाउँपालिकाको आयोजना तथा मध्यपश्चिम युवा मिलन केन्द्र सल्यानको सहजिकरणमा महिला सशक्तिकरण अभियान सुरु भएको हो । कार्यक्रममा प्रशिक्षकहरु श्री दिपेन्द्र कुमार शाही, अधिवक्ता श्री अमर थापा, प्रहरी सहायक निरिक्षक श्री प्रकाश परियारले विभिन्न विषयवस्तुमा अभिमुखिकरण गर्नुभएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य श्री तुल्सा विक, वडा सदस्य श्री पोखराज खड्का, गाउँपालिका स्थित सचिवालयका स्वकीय श्री खडग शाही लगाएतको सहभागिता रहेको थियो भने कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य श्री शान्ता उपाध्यायले राख्नुभएको थियो । कार्यक्रमको संचालन पत्रकार श्री शंकर केसीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds