थर्काेट समनचारदाता
तुलसीपुर १२ माघ
आज यस छत्रेश्वरी गाउँपालिकाको गाउँसभाको १९ औँ अधिवेशन सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष श्री ओज बहादुर बुढाथोकीको अध्यक्षतामा बजेट संशोधन, समायोजन एवं विभिन्न ऐन तथा कार्यविधिहरु पारित गर्दै गाउँसभाको १९ औँ अधिवेशन सम्पन्न भएको हो । भोटेचौर स्थित गाउँपालिकाको सभाहलमा सम्पन्न गाउँसभाको हिउँदे अधिवेशनमा आय व्यय विवरण देखि विभिन्न समिती मार्फत पेश भएका प्रतिवेदनमाथी बृहत् छलफल गरिएको थियो । अधिवेशनले बजेट संशोधन सम्बन्धी प्रस्ताव बहुमतको साथ पारित गरेको हो भने अन्य सबै बिधेयक एवं प्रस्तावहरु सर्वसम्मत रुपमा पारित गरेको हो । गाउँसभा उपाध्यक्ष श्री बुद्ध कुमारी खत्रीले बजेट संशोधन सम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो । यस प्रस्तावमा गाउँसभाका सदस्यहरुले सुझावहरु प्रदान गर्नुभएको थियो । गाउँसभा सदस्य सचिव तथा प्रमुख प्रशासकीय अधिकृत श्री दिपक बुढाथोकीले गत साउन देखि हालसम्म सम्पन्न सातवटा कार्यपालिका बैठकका निर्णयहरु जानकारी गराउनुभएको थियो भने गाउँसभाले ति निर्णयहरु अनुमोदन गरेको छ । गाउँसभामा वडा नं ५ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता श्री फौद बहादुर बस्नेतले बिज्ञापन व्यवस्थापन बिधेयक प्रस्तुत गर्नुभयो । यस्तै अधिवेशनमा बेरुजु फछ्र्यौट कार्यविधि सम्बन्धी प्रस्ताव वडा नं २ का वडा अध्यक्ष श्री प्रेम बहादुर नेपालीले गाउँसभामा प्रस्तुत गर्नुभएको थियो । यस्तै आर्थिक विकास समिति संयोजक श्री टिकाराम बुढाले कृषि व्यवसाय प्रवद्र्धन ऐन, आर्थिक वर्ष २०८२/०८३ को पुस मसान्तसम्मको आय व्यय विवरण, आर्थिक कार्यविधी तथा वित्तिय उत्तरदायीत्व विधेयक, २०८२ गाउँसभामा पेश गर्नुभएको थियो । लेखा समिति संयोजक श्री प्रकाश हमालले लेखा समिति गठन तथा कार्यविधि, २०८२ प्रस्तुत गर्नुभयो । साथै आर्थिक वर्ष २०८१/०८२ को महालेखा परीक्षकको कार्यालयबाट प्राप्त प्रारम्भिक प्रतिवेदन वडा नं ३ का वडा अध्यक्ष श्री तिर्थराज दाहालले गाउँसभामा जानकारी गराउनुभयो । वडा नं ७ का वडा अध्यक्ष श्री टेक बहादुर बिष्टले गाउँसभा सचिवालय स्थापना तथा कार्यसञ्चालन कार्यविधि, २०८२ सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभयो। स्वीकृत दरबन्दी तेरिज कार्यपालिका सदस्य श्री तुल्सा बिकले प्रस्तुत गर्नुभएको थियो । गाउँसभा समापन अवसरमा गाउँपालिका अध्यक्ष बुढाथोकीले सम्बोधन गर्नुहुँदै सहकार्य, समन्वयको सकारात्मक परम्परालाइ निरन्तरता दिँदै अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds