दाेर्ण के.सी.
घोराही, ३१ वैशाख
गुरुकुल एकेडेमी, घोराहीमा विद्यार्थी नेतृत्व विकास तथा लोकतान्त्रिक अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोजना गरिएको विद्यार्थी प्रतिनिधि निर्वाचन प्रक्रियाबाट विद्यालयका कप्तान, उपकप्तान तथा चार सदनका कप्तानहरू चयन सम्पन्न भएको छ। निर्वाचन प्रक्रियामा कक्षा ३ देखि १० सम्मका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। विद्यार्थीहरूले मतदानमार्फत आफ्ना प्रतिनिधिहरू चयन गरेका थिए। गुरुकुल एकेडेमीका विद्यालय संयोजक भुवन आचार्यका अनुसार निर्वाचन निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको हो। निर्वाचनबाट विद्यालय कप्तानमा कक्षा १० कि छात्रा यशु बुढाथोकि चयन भएकी छिन भने भने उपकप्तान अनुभव पान्डे विजयी भएका छन्। त्यस्तै विद्यालयको चारवटै सदन रुवि , सफायर , एमरल्ड र टोप्याजका लागि क्रमशः कप्तान र उप कप्तान एलेक्स केसि र सुव्रत खनाल , रादिप बिएम र विधि आचार्य ,टा्इसन विष्ट र दुर्गा पुन , सेहन ज्ञवाली र शुलभ पान्डे निर्वाचित भएका हुन । जम्मा ३३२ जना मतदाता रहेकोमा ३१२ मत मात्र खसेको थियो भने २० जना अनुपस्थित भएका थिए । जसमा ५ मत बदर भएको संयोजक आचार्यले जानकारी दिनुभयो । विद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डिसिले नवनिर्वाचित विद्यार्थीहरूलाई बधाई दिँदै भविष्यमा नेतृत्वदायी भूमिकामा सक्रिय हुन प्रेरित गर्नुभएको थियो। उहाँले यस प्रक्रियाले विद्यार्थीहरूमा उत्तरदायित्व, आत्मविश्वास र सहभागितामूलक शिक्षा प्रणालीको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। विद्यालयले प्रत्येक वर्ष नियमित रूपमा यस्ता निर्वाचन कार्यक्रम सञ्चालन गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds