कुवामा डुबेर एकजना पुरूषको मृत्यु

Byदोर्ण के.सी.

४ कार्तिक २०८१, आईतवार १४:१९ ४ कार्तिक २०८१, आईतवार १४:१९ ४ कार्तिक २०८१, आईतवार १४:१९

थर्कोट समाचारदाता
तुलसीपुर, ४ कात्तिक । दाङको तुलसीपुरमा कुवामा डुबेर एकजना पुरूषको को मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–२ कुमलगडी निवासी २९ वर्षीय रजमान चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएको छ ।उहाँका अनुसार चौधरी आफ्नै घरको कुवामा डुबेको

अवस्थामा मृतककी भाउँजु आँसी चौधरीले आज बिहान पौने ७ बजेको समयमा देखेपछी प्रहरीलाई खबर गर्नुभएको हो । घटनाको जानकारी पाएलगत्तै विपद व्यवस्थापनको टोली प्रहरी घटनास्थलमा पुगी चौधरीको शव कुवाबाट निकालेको हो । मृतक चौधरी गत असोज ३० गतेदेखी घरबाट हराइरहेको बुझिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds