










तुलसीपुर, १० फागुन । दाङका १० पालिका मध्ये शान्तिनगर गाउँपालिका कार्यसम्पादनमा पहिलो भएको छ ।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन अनुसार ३८.६९ अंक ल्याएर शान्तिनगर जिल्लाको पहिलो भएको हो । त्यस्तै ३०.९० अंक ल्याएर घोराही उपमहानगरपालिका दोस्रो, ३०.२८ अंक ल्याएर राप्ती गाउँपालिका तेस्रो भएका छन् ।त्यस्तै २९.९४ अंक ल्याएर दंगीशरण गाउँपालिका चौथो, २९.५३ अंक ल्याएर गढवा गाउँपालिका पाँचौं, २७.४७ अंक ल्याएर बबई गाउँपालिका छैठौं भएका छन् ।त्यस्तै २४.३९ अंक ल्याएर तुलसीपुर उपमहानगरपालिका सातौं, २३.२९ अंक ल्याएर बंगलाचुली गाउँपालिका आठौं, २३ अंक ल्याएर राजपुर गाउँपालिका नवौं तथा १८.४२ अंक ल्याएर लमही नगरपालिका दशौं स्थानमा रहेका छन् ।बिभिन्न १७ वटा सूचकमा आधारित भएर मूल्यांकन गर्दा धेरैजसो स्थानीय तहरु ३० अंक घटाउन पनि असफल छन् ।



