काठमाडौँको ढलमा पोलियो जीवाणु फेला

Byदोर्ण के.सी.

७ श्रावण २०८१, सोमबार १५:०७ ७ श्रावण २०८१, सोमबार १५:०७ ७ श्रावण २०८१, सोमबार १५:०७

थर्कोट समाचारदाता
काठमाडौँ ७ साउन ।
स्वास्थ्य सेवा विभागले काठमाडौँमा आयोजना गरेको ‘पोलियो रोग र निगरानी’ विषयक अन्तरक्रिया कार्यक्रममा विभागका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले काठमाडौँको टुकुचा खोला र बागमती नदीको सङ्गम स्थल टेकुको ढलमा पोलियो जीवाणु भेटिएको जानकारी दिनुभएको थियो । दुई नदीको सङ्गम स्थलबाट सङ्कलन गरिएको ढलको नमुनामा पोलियो जीवाणु भेटिएको प्रमुख डा गौतमले बताउनु भएको हो । ढलमा पोलियो जीवाणु देखिएको पहिलोपटक हो । नेपालमा सन् २०१० मा अन्तिम पटक मानिसमा पोलियो जीवाणु देखिएको थियो । नेपाल सन् २०१४ पोलियोमुक्त मुलुक भएको थियो । सरकारले सन् २०२६ सम्म पोलियो उन्मुलन गर्ने लक्ष्य राखेको छ । अहिले पोलियो जीवाणु ढलमा देखिएको हो । पोलियोको जीवाणु जहाँ देखिए पनि संवेदनशील विषय हो,’उहाँले भन्नु भयो, ‘ढलमा देखिनुले कतै व्यक्तिमा पनि छ कि भन्ने आशङ्का रहेको सो कार्यक्रममा बताईएको छ ।” खोप शाखा प्रमुख डा गौतमले ढलमा जीवाणु देखिनु संवेदनशील भएको उल्लेख गर्दै व्यक्तिमा जीवाणु छ कि भनेर खोजबिन गरिने बताउनुभएको थियो । उहाँका अनुसार थाइल्यान्डको बैङ्ककमा ढलमा सङ्कलन गरिएको नमुना परीक्षण गर्दा गत असार २९ गते पोलियो जीवाणु देखिएको पुष्टि भएको हो । ढलको नमुना सङ्कलन भने गत जेठ १३ गते दुई नदीको सङ्गमस्थलबाट गरिएको थियो । नेपाल पोलियो उन्मूलन भएको १० वर्षपछि पोलियोको जीवाणु भेटिएको हो । उहाँका अनुसार उक्त पोलियोको जीवाणु प्राकृतिक रूपमा पाइने ‘वाइल्ड पोलियो’ नभएर ‘भ्याक्सिन डिराभ्ड पोलियो टाइप–३’ जीवाणु हो । ‘टुकुचा र बागमतीको सङ्गम स्थल टेकुमा देखिएको हुनाले पोलियो भाइरस काठमाडौँ उपत्यकाबाट नै आएको हुन सक्ने उहाँले बताउनुभएको थियो । उपत्यकामा पोलियोको जीवाणु भेटिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ, ललितपुर र भक्तपुरमा पोलियो रोग विरुद्धको खोप अभियान सञ्चालन गर्दैछ । परिवार कल्याण महाशाखाका निर्देशक डा विवेक कुमार लालले जन्मेदेखि पाँच वर्षमुनिका बालबालिका हरूलाई घरघर गएर पोलियो रोगविरुद्धको ‘आईपीभी’ खोप अभियान सञ्चालन गर्न थालिएको बताउनुभएको थियो ।
उहाँका अनुसार खोप यही साउन ९ देखि १२ गतेसम्म दुई लाख ८० हजार बालबालिकालाई लगाइने छ । अभियानसँगै घर र अस्पताल पोलियोको जीवाणु छ कि छैन भनेर पनि परीक्षण गरिने उहाँको भनाइ रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds

This will close in 0 seconds