




दाेर्ण के.सी.
टुनापानी २३ फागुन ।
श्री प्राथिमक विद्यालय थापापानी तुलसीपुर उपमहानगरपालिका -३ टुनापानीकाे विद्यालय अनुगमन गर्दै लुम्बिनी प्रदेश साम्सद धन बहादुर मास्कीले ज्ञानकाे पहिलाे खुटकिलाे भनेकाे शिक्षा हाे । शिक्षामा बलियाे बनाउनकाे लागि श्री प्राथिमक विद्यालय थापापानी तुलसीपुर उपमहानगरपालिका -३ टुनापानी स्थित विद्यालयकाे स्थर वृद्धिमा टेवा पुर्याउने बताएउनुभएकाे छ । विद्यालयमा टेवा पुर्याउने उद्देशले साैजन्य स्वरुप भाैतिक सामाग्री वितरण कार्यक्रमलाई सम्बाेधनगर्दै लुम्बिनी प्रदेश साम्सद धन बहादुर मास्कीले साे कुरामा जाेड दिनुभएको हाे ।





श्री प्राथिमक विद्यालय थापापानी तुलसीपुर उपमहानगरपालिका -३ टुनापानी विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्र बहादुर राेकाकाे अध्यक्षता एंव लुम्बिनी प्रदेश साम्सद धन बहादुर मास्कीकाे प्रमुख आतिथ्यता तथा पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य ईश्वरीप्रसाद पाण्डेकाे विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियाे । साे कार्यक्रममा पार्टीका नगर सह- सचिव प्रकाश वली, श्री माध्यमिक विद्यालय प्रतापकाेट तुलसीपुर

उपमहानगरपालिका -३ प्रतापकाेटका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलामणी बाठा, पार्टीका तुलसीपुर उपमहानगरपालिका -३ वडाका वडा ईञ्चार्ज चेत बहादुर बिक लगायतले शुभकामना मन्तव्य दिनुभएको थियाे । साे विद्यालयमा काे स्थर उन्नतिका लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) ३ नम्बर वडा कमिटी परिवारले ८ प्लास्टिक कुर्सी, एउटा ठुलाे कुर्सी, कार्पेट, १ थान कम्प्युटर टेवल सहयाेग गरेकाे थियाे ।शिक्षीका मन कुमारी पुनकाे स्वागत मन्तवबाट सुरुभएकाे कार्यक्रमकाे सहजीकरण विद्यालयकी शिक्षक सावित्रा बिकले गर्नुभएको थियाे ।






