कपुरकोट बजारमा अनुगमन, म्याद गुज्रेका सामग्रि फेला

Byदोर्ण के.सी.

१३ आश्विन २०८१, आईतवार १६:५७ १३ आश्विन २०८१, आईतवार १६:५७ १३ आश्विन २०८१, आईतवार १६:५७

थर्कोट समाचारदाता
सल्यान, १३ असोज । चाडपर्वमा हुन सक्ने कालोबजारीलाई रोक्न सल्यानको कपुरकोटमा बजारमा अनुगमन गरिएको छ ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका शाखा अधिकृत श्याम लाल खरालको संयोजनमा कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकास भण्डारीको विशेष उपस्थितिमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा कपुरकोट गाउँपालिका वडा नम्बर ३ बजारका १४ वटा किराना पसलहरूमा १ हजार ६५० रुपैयाँ बराबरको म्याद सकिएको सामान बरामद भएको छ । उपभोक्ताहरूको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै यस्तो अनुगमन नियमित रूपमा गरिने अधिकृत खरालले बताउनुभएको थियो । उहाँले उपभोक्ताहरूलाई सुरक्षित र गुणस्तरीय सामानको उपलब्धता सुनिश्चित गर्नका लागि यस प्रकारका अनुगमन गर्ने गरिएको बताउनुभएको थियो । प्रहरी चौकी कपुरकोटको सहभागितामा म्याद सकिएका सामाग्रीहरू नष्ट गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds