










दोर्ण के.सी. / गमानसिंह घर्ती मगर
कपिलबस्तु २७ भदौं
कपिलवस्तु जिल्लामा भष्टाचार बिरोधी जनएकता संघर्ष समिति घोषणा गरिएको छ । बिहीवार नेकपा (बहुमत) नौँ महाधिबेशन आयोजक कमिटी सदस्य तथा लुम्बिनी व्यरो अन्तरगत पश्चिम कमान इन्चार्ज रेखा खनालको प्रमुख आतिथ्यमा संघर्ष समिती घोषना गरिएको हो । भष्टाचार बिरोधी जनएकता संघर्ष समिति घोषना सभालाई सम्वोधन गर्दै प्रमुख अतिथी खनालले यो संघर्ष समितिले अहिलेको बित्तीय शोषणका बिरूद्वमा , संस्थागत भष्टाचारका बिरूद्वमा ,

कालाबजारीयाहरुका बिरुद्वमा संघर्ष गर्ने बताईन् । त्यस्तै बन क्षेत्र अतिक्रमण गरिएको भनेर सुकुम्बासीलाई बैकल्पिक ब्यबस्था नगरी उठाउन खोजिएको छ । त्यसको घोरभत्सर्ना गर्दै त्यसको विरुद्धमा पनि सम्पुर्ण जनसमुदायहरुलाई एकजुट भई संघर्षमा सहभागी आह्वान गरेकी थिईन । रूपन्देही जिल्ला सेक्रेटरी बिरूले यो आन्दोलनलाई सरकारले ब्यवास्ता गरे जनताको बिचवाट प्रतिजबाफ दिने चेतावनी दिए । कार्यक्रमको अध्यक्षता नेकपा ९बहुमत० कपिलवस्तु जिल्ला सेक्रेटरी ओम नारायण थारुले गरेका थिए भने सहजिकरण आभाषले गरेका थिए ।





