कक्षा १२ को नतिजा साउन तेस्रो साता हुने राष्ट्रिय परीक्षा बोर्डद्वारा जानकारी

Byदोर्ण के.सी.

७ श्रावण २०८१, सोमबार १५:२८ ७ श्रावण २०८१, सोमबार १५:२८ ७ श्रावण २०८१, सोमबार १५:२८

थर्कोट समाचारदाता
काठमाडौँ ७ साउन।
राष्ट्रिय परीक्षा बोर्डले साउन तेस्रो सातासम्ममा कक्षा १२ को नतिजा सार्वजनिक हुने जनाएको छ। उत्तरपुस्तिका परीक्षणको काम सकेर नतिजा प्रकाशित गर्ने तयारी भइरहेको बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्यालले जानकारी दिए। ‘साउन तेस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य छ, सकभर चाँडै नै हुन्छ,’ उनले भने। देशभरबाट उत्तरपुस्तिका परीक्षण भएर आइसकेको बोर्डले जनाएको छ। त्यसलाई रुजु र इन्ट्री गर्दै नतिजा तयार पार्ने काम भइरहेको छ। गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए। ३ लाख ९० हजार परीक्षार्थी थिए। ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो। यसपटक पहिलो पटक काठमाडौं जिल्लामा परीक्षणका रुपमा स्वचालित प्रक्रियाबाट परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds