









कृष्ण अधिकारी
तुलसीपुर २९ जेठ
दंगिशरण गाउँपालिका २ गोलटाकुरीको स्वास्थ्य चौंकीमा मंगलबार एक कार्यक्रमको आयोजना गरि एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । महिलाको आङ खस्ने समस्या र पाठेघरको मुखको समस्या समाधानका लागि सो कार्यक्रम सम्पन्न गरिएको हो । सो कार्यक्रममा ११७ जना परिक्षण भएकोमा VIA positive २ जनालाई, आङ खस्ने समस्या ३ जनाको पाठेघरमा रिङ राखि व्यवस्थापन गरिएको, १ जना bolypectomy भएको अन्य प्रजनन साधारण स्वास्थ्य उपचार भएको गोलटाकुरी स्वास्थ्य चौंकीका कार्यालय प्रमुख राजेन्द्र हमालले जानकारी दिनुभयो थियो भने डा.अमित लम्गाडे द्वारा परिक्षण भएको थियो । दंगीशरण गाउँपालिका २ नं।वडा अध्यक्ष डम्बर खत्रीको अध्यक्षता एवम् महिला विशेषज्ञ डा।अमित लम्गाडेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।



