










थर्कोट समाचारदाता
कपुरकोट १० जेठ

ब्यक्तिगत घटना दर्ता र वडा कार्यालयबाट हुने सिफारिस सम्बन्धि प्रशिक्षण तथा अन्र्तक्रिया कार्यक्रम कपुरकोटमा सम्पन्न भएको छ। कपुरकोट गाउँ पालिका पन्जिकरन इकाईले बुधबार एक कार्यक्रमको आयोजना गरि सो कार्यक्रम गरेको हो । गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनको अध्यक्षता एंव जिल्ला प्रशासन कार्यालय सल्यानका प्रमुख जिल्ला अधिकारी श्री शम्भु प्रसाद रेग्मीको प्रमुख आथित्यतामा उल्लेखित विषय र काम कारबाहीका सम्बन्धमा बृहत छलफल सहित अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारी, प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वली, पालिकाका ६ वटा वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्य तथा कार्यबाहक वडा अध्यक्षहरु, जिल्ला मालपोत कार्यालयका मालपोत अधिकृत, नापी अधिकृत, गाउँपालिकाका प्रशासन शाखा प्रमुख, प्राविधिक शाखा प्रमुख, जिन्सी ईकाई प्रमुख, ६ वडाका वडा सचिवहरु, पंक्षिकरण शाखाका कर्मचारीहरु लगायतको उपस्थितिमा सो अन्र्तक्रिया कार्यक्रम व्यापक छलफल सहित सम्पन्न भएको हो । व्यक्तिगत घटना दर्ता र स्थानीय सरकार संचालन ऐन २०७४ मा भएको व्यवस्था बमोजिम वडा कार्यालयहरुबाट सिफारिस गरिने ३५ वटा सिफारिसहरुका विषयमा भएका द्बविधा तथा समस्याहरु र समस्या सामाधानका विषयमा प्रमुख जिल्ला अधिकारीले प्रष्ट पार्नु भएको थियो । साथै यस कपुरकोट गाउँपालिकाको प्रहरी चौकी कपुरकोटमा सरुवा भई आउनुभएका नयाँ प्रहरी चौकी प्रमुख एवं वरिष्ठ प्रहरी नायव निरिक्षक विनोद डि.सी.. लाई स्वागत समेत गरिएको थियो ।



