उहाँले जबसम्म पीडित दिदीबहिनीहरूलाई हर्जना, जरिबाना, सेवा शूल्क लगायतका विभिन्न बाहना पारी आम गरिव जनताहरूसँग लिएको ३० वर्षको हिसाव किताब गर्दैन तबसम्म संघर्ष समितिको आन्दोलन नरोकिने समेत बताउनु भएको थियो । लघुवित्तिय संस्था विरूद्वको संघर्ष समिति नेपालले दाङको घोराहीमा आयोजना गरेको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै लघुवित्त वित्तिय संस्थाद्वारा ५८ लाख ऋणी दिदीबहिनीहरू मध्य ६० हजार एकदमै पीडित, ३३ लाख ऋण तिर्नै नसक्ने र १० लाख बढी दिदीबहिनीहरू करौडौको किस्ता हाल्ने पाईएको बताउनुभएको थियो । उहाँले भेलालाई सम्बोधन गर्दै सम्पूर्ण लघुवित्त वित्तिय संस्थाहरूले जबसम्म पीडित महिलाहरूको अधिकार पुरा गर्न सक्दैनन् तबसम्म संघर्ष समतिको आन्दोलन पनि नरोकिने बताउनुभएको हो ।उहाँले सम्पूर्ण लघुवित्त वित्तिय संस्थाहरू खारेजसँगै ऋण मिनाहाको लागि सम्पूर्ण पीडित दिदीबहिनीहरू एकजुट भएर आन्दोलनमा लाग्न सबैमा आग्रह गर्नुभएको छ । उहाँले आफ्नो अधिकार सुनिष्चित गर्न हजुर–हजुर भनेर होईन आन्दोलन गर्दै कोसेर लिन भएकोले सम्पूर्ण पीडित महिलाहरू जस्तोसुकै आन्दोलनका लागि पनि सक्रियताका साथ लाग्न आग्रह गर्नुभएको छ ।

Byदोर्ण के.सी.

३० मंसिर २०८०, शनिबार १५:३८ ३० मंसिर २०८०, शनिबार १५:३८ ३० मंसिर २०८०, शनिबार १५:३८

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds