उपलब्धि मुलक छलफल कार्यक्रम कपुरकोटमा सम्पन्न

Byदोर्ण के.सी.

१० जेष्ठ २०८१, बिहीबार १६:२३ १० जेष्ठ २०८१, बिहीबार १६:२३ १० जेष्ठ २०८१, बिहीबार १६:२३

थर्कोट समाचारदाता
कपुरकोट १० जेठ
उपलब्धि मुलक छलफल कार्यक्रम बुधबार कपुरकोटमा सम्पन्न भयको छ । गाउँपालिका भित्रका अन्र्त सरकारी कार्यालयहरूको स्वामित्व मा रहेका वा भोगाधिकारमा रहेका जमिनहरुको उपयोग सम्बन्धमा उपलब्धि मुलक छलफल सम्पन्न भएको हो । जिल्ला प्रशासन कार्यालय सल्यानका प्रमुख जिल्ला अधिकारी श्री शम्भु प्रसाद रेग्मीको नेतृत्वमा कपुरकोट उपस्थित वन कार्यालय प्रमुख , मालपोत कार्यालय प्रमुख ,नापी कार्यालय प्रमुख लगायत को टोलि सङ्ग गाउँ पालिका भित्रका अन्र्त सरकारी कार्यालय को स्वामित्व मा रहेका वा भोगाधिकारमा रहेका जमिनहरुको उपयोग सम्बन्ध मा उपलब्धि मुलक छलफल सम्पन्न भयको थियो । जसमा कपुरकोट ३ मा रहेको वन कार्यालयको अफिस बसेको भबन प्राङ्गणलाइ समुदायका लागि कार्यालयले सास्कृतिक तथा सामुदायिक बैठक प्रयोजनका लागि खुला राख्ने, वन कार्यालयको लगानीमा निर्माण गर्न लागिएको पर्खाल सामुदायिक वन भबनको उत्तर तर्फ ३ मिटर छाडेर निर्माण गर्ने । मेला जात्रा र मन्दिर दर्सन प्रयोजनमा समुदायलाइ कार्यालयले कुनै अबरोध नगर्ने । कपुरकोट ५ मा रहेको वन कार्यालयको नाममा रहेको खाली जग्गामा कपुरकोट गाउँपालिकाले कृषि हाटबजार स्थल को रूपमा उपयोग र भोगाधिकार ग्रहन गर्नका लागि आवश्यक प्रक्रिया बढाउने । सरोकारवाला निकायले आवश्यक सहजीकरण गर्ने लगायतका विषयहरूमा छलफल गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds