थर्कोट समाचारदाता
दाङ, २५ पुस ।
दाङको तुलसीपुर–५ नयाँ बसपार्कमा रहेको सुपर लघुवित्तका सञ्चालक ज्योति प्रसाद चौधरी कारागार चलान भएका छन् । साढे ३२ करोड रुपैंया भन्दा बढी रकम अपचलन गरेको अभियोगमा चौधरीलाई कारागार चलान गरिएको छ । २०८१ वैशाख ४ गते पक्राउ पूर्जी जारी भएपछि फरार रहेका चौधरी आइतबार उच्च अदालत तुलसीपुरमा आत्मसमर्पण गरेका थिए । चौधरी सहित उनका छोरा किरण चौधरी, भाइहरू रामबहादुर चौधरी, बुद्धि चौधरी तथा भाइकी छोरी तारा चौधरीमाथि ३२ करोड ५७ लाख रूपैयाँ हिनामिना गरेको आरोप लागेको छ । प्रहरीका अनुसार उनीहरूले नक्कली ऋणी खडा गरी २५ करोड २६ लाख रुपैयाँ हिनामिना गरेका थिए । सर्वसाधारणले जम्मा गरेको साढे ६ करोड रूपैयाँभन्दा बढी रकम समेत हिनामिना गरिएको बारेमा पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सोमवार न्यायाधीश अर्जुनप्रसाद कोइराला र नरबहादुर खड्काको संयुक्त इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds