









काठमाण्डौं, ५ श्रावन । आज राति देशका केही ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना रहेको छ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कंडेलले जानकारी दिनुभयो । यस्तै सबैजसो प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि उहाँले बताउनुभयो ।तर देशैभर एकैपटक ठूलो झरी पर्ने सम्भावना भने एक दुई दिनको लागि नरहेको पाइएको छ । पछिल्लो तीन घण्टामा मकवानपुरगढी, भक्तपुरको नगरकोट, चितवनको देवघाट, दोलखाको जिरी, पूर्वी नवलपरासीको डण्डा, दैलेख, कास्की, म्याग्दी, प्यूठान लगायतका जिल्लामा ठूलो पानी परेको छ ।



