आईतबारदेखि पुनः मौसममा बदलीसँगै पानी पर्ने सम्भावना

Byदोर्ण के.सी.

२० माघ २०८०, शनिबार १५:२१ २० माघ २०८०, शनिबार १५:२१ २० माघ २०८०, शनिबार १५:२१

काठमाण्डौ, २० माघ ।  आज रातिदेखि नेपालमा फेरि पश्चिमी वायु सक्रिय हुने भएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेश हुँदै नेपालमा पश्चिमी वायुको प्रभाव फेरि बढ्ने मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो । पश्चिमी न्यून चापीय प्रणालीका कारण भोलिदेखि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती र कोशी प्रदेशका पहाडी भेगमा सामान्यदेखि छिटपुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।चितवनदेखि पश्चिमका पहाडी जिल्लाका केही ठाउँमा मध्यम खालको वर्षाको सम्भावना छ । यसअघि भित्रिएको प्रणालीले पश्चिमी क्षेत्रमा बढी प्रभाव पारे पनि यसपालि भित्रिने प्राणालीले पूर्वका पहाडी जिल्लामा समेत प्रभाव पार्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । पश्चिमी वायुका कारण भोलिदेखि तराई मधेसका थोरै ठाउँमा मात्रै पातलो हुस्सु लाग्ने र दिउँसोपख हट्ने महाशाखाको अनुमान छ । पर्सि बेलुकादेखि भने मौसममा सुधार हुँदै जाने मौसमविद् पुडासैनीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds