



थर्कोट समाचारदाता
काठमान्डौँ,१६ जेठ ।
सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने जनाएको छ । मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले पनि सरकारले त्यसदिन सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीले जानकारी दिएका हुन्। गृहमन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, सार्वजनिक बिदा काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै लागु हुनेछ। सरकारले हरेक वर्ष काठमाडौंमा भोटो जात्राको दिनमा बिदा दिने गरेको छ ।






