थर्कोट समाचारदाता
तुलसीपुर, १५ फागुन ।
अश्वारा खानेपानीको नयाँ नेतृत्वका लागि चुनावी मैदानमा उत्रिएको लोकतान्त्रिक प्यानलले आफ्नो चुनावी प्रचार प्रसार कार्यक्रम आज सम्पन्न गरेको छ । नेपाली काँग्रेस र एमालेको लोकतान्त्रिक प्यानलको नेतृत्व शिवहरी भण्डारीले गर्नुभएको छ । चुनाव प्रचारप्रसारको अन्तिम दिन आज लोकतान्त्रिक प्यानलले घर दैलो अभियान, भेटघाट, माइकीङ गरेर प्रचारप्रसार कार्यक्रम सम्पन्न गरेको हो । लोकतान्त्रिक प्यानलबाट उपाध्यक्षमा आशाराम भण्डारी, सचिवमा द्रोण आचार्य, सहसचिवमा सृजना शाही, सदस्यमा डिल्ली बहादुर भण्डारी, बुद्धिराज गिरी, सुशीला कवँर र राधा बस्नेत हुनुहुन्छ ।निर्वाचन आयोगका अनुसार चुनाव प्रचार प्रसारको समय आज राति १२ बजे सकिदै छ । उम्मेदवारहरू चुनावी माहोल आफ्नो पक्षमा पार्न मङ्गलबारदेखि प्रचार प्रसारमा जुटेका थिए । नयाँ नेतृत्व चयनका लागि फागुन १७ गते अश्वारा स्कलमा मतदान हुँदै छ । मतदानको समय बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको निर्वाचन समितिका संयोजक चक्रबहादुर भण्डारीले जानकारी दिनुभएको छ । नयाँ नेतृत्वका लागि ५ सय ७४ जनाले मतदान गर्दैछन् । अश्वारा खानेपानीको नयाँ नेतृत्वका लागि दुई प्यानल उत्रिएका छन् । नेपाली काँग्रेस र नेकपा एमालेको लोकतान्त्रिक प्यानलबाट शिवहरी भण्डारी र स्वतन्त्र प्यानलबाट नर बहादुर घर्तीले नेतृत्व गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds