अपाङ्गता मैंत्रीपूर्ण तर्फ सबै लागि परौ“

Byदोर्ण के.सी.

२९ मंसिर २०८०, शुक्रबार १७:५६ २९ मंसिर २०८०, शुक्रबार १७:५६ २९ मंसिर २०८०, शुक्रबार १७:५६
    कर्मको खेल भनौं या विध्यको विडम्बना आज सयांै मानिसहरू विभिन्न कारणले अपाङ्गता बन्न पुगेका छन् । नत उनीहरू राम्रोसंग हिंड्न सक्छन्, नत राम्रोसंग बोल्न, खान र सुत्न सक्छन्  तर तिनै व्यक्तिहरू आज आएर सबैको हेलाको दृष्टिरूमा पर्न थालेका छन् । ती व्यक्तिहरूको बारेमा नत नेपाल सरकार तथा विभिन्न सम्बन्धीत निकायहरूले अपाङ्गता भएका व्यक्तिहरूका समस्या के हुन्छन्   ? 

      उनीहरूका समस्याहरू के–के छन् भन्ने विषयमा कुनै कुराहरू प्रति चासो दिएका छैनन् । त्यही समस्या भएकै कारण आज आएर अपाङ्गहरू विभिन्न प्रकारका पीडाहरू सहेर बस्न बाध्य भएका छन् । अपाङ्गहरू प्रतिको समस्या पीडालाई मध्यनजर गर्दै, उनीहरूमा आत्मनिर्भरताको लागि  स्थानीय सरकार तथा विभिन्न सम्बन्धीत सरोकारवाला निकायहरूले विभिन्न सीपमुलक तालिमहरू त दिएका छन् ।

      तर पनि विभिन्न कार्यालयहरूमा ती निकाय हरूले अपाङ्गताहरूका लागि नत बजार व्यबस्थापनको उचित पहल गरेका छन् नत अपाङ्ग मैंत्रीपूर्ण स्थानहरू बनाएका छन् । विभिन्न सरकारी तथा                 गैरसरकारी कार्यालयहरूमा अपाङ्गता मैंत्रीपूर्ण वातावरण नभएकै कारण          राम्रोसंग हिड्न नसक्ने तथा  दृष्ट्रिविहिन अपाङ्गताहरू आज अनेकांै पीडाहरू         सहेर बस्नु परेको छ । 

साङ्ग मानिसहरूले उनीहरूलाई कार्यक्रममा आमन्त्रण गर्दछ तर ती स्थानहरूमा अपाङ्ग मैंत्रीपूर्ण वातावरणको निर्माण नभएकै कारण कयांै अपाङ्गताहरू सम्बन्धीत निकायसम्म नपुगी बिच बाटोबाटै फर्केर आउछन् त कतिपय अपाङ्गता भएका व्यक्तिहरू ठूला–ठूला सिडिमा चढ्न नसकेर बीच बाटोमै अलपत्र परेका हुन्छन् भने कयौ अपाङ्गता भएका व्यक्तिहरू सिडिबाट लडेर        अलपत्र परेका हुन्छन् । 

        नेपाल सरकारले प्रत्येक सरकारी तथा गैरसरकारी कार्यालय हरूलाई आ–आफ्ना कार्यालयहरूमा अपाङ्गता मैंत्रीपुर्ण वातावरण लागु गर्नका लागि नितिनियम घोषणा गरेको कयौं वर्षहरू वितिसक्यो तर पनि सम्बन्धीत निकायले उनीहरूको पीडा  प्रति कसैले चासो दिन सकेका छैनन् । यहाँको समाज विचित्रको छ । यो दुनिया संसार स्वार्थपनाले भरिपूर्ण भएको छ । 

सबैले नसक्ने, कामजोरी मानिसहरूको दुःख हेर्नमा मात्र केन्द्रीत छ तर उनीहरूको समस्या, पीडाप्रति कसैले चासो दिदैन्न् । अझ उनीहरू अपाङ्गता मानिसहरू हिंडेको देख्दा, लडेको देख्दा उनीहरूलाई सेवा गर्नु त कताछ कता उल्टै खित्का छोडेर हास्नमा व्यस्त हुन्छन् । ठुलठुला सभा, गोष्ठीमा भाषण छाट्ने राजनीतिक दलका शीर्ष नेताहरू अपाङ्गताहरूको पीडा प्रतिका आवाजहरू प्रति के–के न गर्छौ भनेर सबैका सामु गफ छाट्छन्, ।

      पार्टीका हरेक कार्यक्रममा अपाङ्ग तथा साङ्ग मानिसहरूलाई विभिन्न वाहनापारी प्रयोगमा ल्याउछन् तरपनि भने अुसारका कुरा, सर्तहरू भने            व्याहारमा लागु गर्ने तर्फ लाग्दैन्न् । केन्द्रमा पुगेमा सबैलाई कुर्षीको मोह हुन्छ । उनीहरूले कसैलाई चिन्दैनन् । त्यही कारणले गर्दा पनि उनीहरूलाई सबैले हेला गर्दछन् । जसका कारण उनीहरू न त कुनै समारोहमा आफ्नो कुराहरू सहजै रूपमा राख्न पाउछन् । 

न त सरिक हुन नै यस्तै यस्तै पीडाहरू भोगी रहेका छन् अपाङ्गहरू ।

  यो  पीडा हो तुलसीपुर उपमहानगरपालिका भित्र रहेका तथा  देशभरका विभिन्न प्रकारका अपाङ्गहरूको । उनीहरूले यस्तो पीडा विभिन्न         समारोह, गोष्ठिहरूका कार्यक्रमका आफ्ना पीडाहरू पोखे ता पनि सम्बन्धीत निकायले अपाङ्गता मैंत्रींंंंंंंंंंंंंंपूर्ण वातावरण लागु गर्न नसकेकै कारण झनै पीडा खेप्न बाध्य भएकका छन् ।  

उनीहरू हरेक प्रकारका सीपमा पूर्ण छन् तर पनि सीप अनुसारको रोजगार नपाएकै कारण आज धेरै प्रकारका समस्याहरू झेलेर बस्न बाध्य भएका छन् । अपाङ्गहरू पनि यस देशका नागरिकहरू हुन, उनीहरूको पनि बाच्न पाउने अधिकार छ त्यसैले ती अपाङ्गताहरूको जीवनयापनका लागि

     सहयोग पु¥याउनका लागि नेपाल सरकार नेपाल सरकार, सम्बन्धित निकाय, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू र आम नेपालीहरू एकजुट भएर अपाङ्गहरू पीडाको अन्त्य गरिदिएमा, उनीहरूका नाम्मा विभिन्न प्रकारका            रोजगारको सृजना गरिनु पर्दछ । 

उनीहरूको पीडालाई मध्यनजर गर्दै सम्पूर्ण संघसंस्थाहरू, सरकारी तथा गैरसरकारी कार्यालयहरूमा अपाङ्गता मैंन्त्रीपूर्ण वातावरण सृर्जना गरिनु पर्दछ अनि मात्र सम्पूर्ण अपाङ्गता भएका मानिसहरूको जीवन स्थरमा सुधार आइ आत्म निर्भर बन्न सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds