



दोर्ण के.सी,
तुलसीपुर २० साउन ।
अपाङ समाज सुधार केन्द्र तुलसीपुरमा अपाङगता भएका व्यक्तिहरुका लागि उपलब्ध गराउने सहायता सामग्रिमा अनियमितता भएको व्यापक खुलासा भएको छ । तुलसीपुर उपमहानगरपालिकामा अपाङगता भएका व्यक्तिहरुका लागि उपलब्ध गराउने सहायता सामग्रिमा सम्बन्धीत व्यक्तिहरूको अनुपस्थितमा किर्ते हस्ताक्षर। गरि रकम निकासा गरेपछि अनियमितता भएको कुरा खुल्न आएको हो । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८० र ८१ मा अपाङगता भएका व्यक्तिहरुका लागि कृतिम हातखुट्टा तथा सहायक सामग्रि वितरणका लागि ८ लाख रुपैया विनियोजन गरेको थियो । बिनियोजित रकमबाट कृतिम हातखुट्टा तथा सहायक सामग्रि खरिदका लागि पालिकाले तीन वटा संस्थासंग दरभाउ आब्हान गरेको थियो । त्यसमा विकलाङ्ग मित्र समूह र अपाङग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र ९एचआरडिसी० बनेपाले सो सामग्रि उपलब्ध गराउने अनुमति पाएको अपाङग समाज सुधार केन्द्र तुलसीपुरका कार्यक्रम संयोजक हुमकान्त कँडेलले जानकारी दिनुभएको हो । सहायक सामग्रिका लागि पहिलो चरणमा ६२ जना अपाङगता भएका व्यक्ति जाँचमा सहभागि भएका थिए । जसमध्ये बढी समस्या देखिएका २० जनालाई सामग्री उपलब्ध गराउनुपर्ने भएपछि सोही अनुसार एचआरडिसी संस्थासंग सम्झौता भएको थियो । तर संस्थाले भने अनुसारको सामग्री उपलब्ध नगराउँदै नक्कली फाइल खडा गरी किर्ते हस्ताक्षर गरेर भुक्तानी लिएको पाइएको हो ।
यसरी तयार गरियो नक्कली फाइल

तुलसीपुर उपमहानगरपालिकाको कार्यक्रम भएपनि स्थानीय स्तरमा समन्वयका लागि अपाङग समाज सुधार केन्द्रलाई सहायता सामग्री उपलब्ध गराउने संस्था एचआरडिसीले समन्वयकर्ताको रुपमा छनोट गरेको थियो । त्यसपछि पालिकासंग मिलेर अपाङगता भएका व्यक्तिहरुको सहायक सामग्रीको नापजाँच तथा ट्रयाल फिटिङको कार्यक्रम आयोजना गर्नुपर्ने थियो । तर भने अनुसार कार्यक्रम नै नगरी २०८१ जेठ २४ गते भरपाइ गरी एक जनालाई निःशुल्क सहित २० जनालाई सामग्री वितरण गरेको देखिएको छ । विवरण अनुसार ६ जनाले सामग्री नै पाएका छैनन् । जसमा तुलसीपुर–३ का प्रकाश न्यौपाने र तुलसीपुर–१३ का पोषण न्यौपानेको हस्ताक्षर किर्ते गरेको पाइएको छ । यस्तै तुलसीपुर–१३ का बामदेव नेपाली, तुलसीपुर–७ का प्रमित चौधरी, तुलसीपुर–१९ का गिता बुढाले पनि हालसम्म सामग्री पाएका छैनन् । यसरी हेर्दा सामाग्री नपाएकै अवस्थामा सामग्री पाएको भनि भुक्तानी भएको देखिएको छ । २०८१ जेठ २४ मा कार्यक्रम नगरेरै नक्कली भरपाई तयार गरेर तुलसीपुर उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखामा अपाङग समाज सुधार केन्द्रका कार्यक्रम संयोजक हुमकान्त कँडेलले कागजात पेश गर्नुभएको कुरा खुल्न आएको हो । त्यसको ठिक एक महिनापछि २०८१ असार २४ मा जनस्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपाने ९ओम पि न्यौपानेले० पालिकाबाट सोही कागजात पेश गरी ७ लाख ८० हजार रुपैंया पेश्की लिएको देखिएको छ । सामान्यतया नीति अनुसार कार्यक्रम गर्नुपूर्व बजेट अनुमान गरी पेश्कि लिनुपर्ने हुन्छ तर त्यसो नगरी किर्ते कार्यक्रम सम्पन्न भएको एक महिनापछि पेश्कि लिनु कानुन विपरित होईन र ।

शाखा प्रमुख न्यौपानले पेश्किस्वरुप लिएको उक्त रकम नौ महिनासम्म व्यक्तिगत खातामा राखेको र नौं महिनापछि २०८१ फागुन ६ गते मात्रै सम्बन्धित संस्था एचआरडिसीलाई भुक्तानी गरेको प्रस्टैसँग देखिन्छ । शाखा प्रमुख न्यौपानेले २०८० जेठ २४ मा नापजाँचको कार्यक्रम भएको बताउदै यस विषयमा जसले गल्ती गरेको छ उसैले सजाय भोग्ने पनि बताउनुभएको छ। उहाँले भन्नुभयो– ‘त्यस दिन सामग्री हस्तान्तरण कार्यक्रम भएको होइन्, साथीहरुले भरपाइमा त्यस्तो व्यहोरा उल्लेख गर्नुभएको हुन सक्छ भन्दै आफ्ना शव्दहरू थप्दै आफुलाई यो क्षेत्रमा विज्ञता नभएकोले समस्या आएको उहाँले स्विकार

गर्नुभएको थियो । तुलसीपुर उपमहानगरपालिकासंग सहकार्य गरेर काम गरिरहेको संस्थाका कार्यक्रम संयोजकले किर्ते हस्ताक्षर गरेर कागजात बुझाएको बारेमा आफुले जानकारी पाएपछि तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्का र तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशवराज पार्धेलाई जानकारी गराएको बताउनुभएको हो । अपाङग समाज सुधार केन्द्र तुलसीपुरका कार्यक्रम संयोजक कँडेलले आफुले किर्ते गरेको कुरा थर्कोट डट कमसँग स्विकार गर्नुभएको हो । ‘मैले किर्ते गरेर गल्ती गरे, यस्तो नगर्नुपर्ने रहेछ ।’ उहाँले भन्नुभएको थियो– ‘मानवियताकोे हिसाबले कोही पनि अपाङगता भएका साथीहरु यो सामग्री लिन नछुटुन भनेर आफैले हस्ताक्षर गरेको हुँ ।’ तर गल्ती भएको छ भनेर स्विकार गर्नुभएको हो । कँडेलले साथीहरुलाई फोन गर्दा सम्पर्क हुन नसकेपछि आफुले नै हस्ताक्षर गरेर फाइल पठाएको थर्कोट डट कमसँग फोनमा कुरा गर्दै स्विकार गर्नुभएको हो । तुलसीपुर उपमहानगर पालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाले २० जनाको सहायता सामग्रि वाफतको कर सहित ५ लाख ४५ हजार ८ सय एचारडिसी संस्थालाई भुक्तानी गरेको छ । तर सहायता सामग्रि पाएका भनिएका ६ जना व्यक्तिले नपाएको बताएका छन् । यद्यपी अपांग समाज सुधार केन्द्रका कार्यक्रम संयोजक कँडेलले चार जनाले मात्र १ लाख ८० हजार बराबरको सामग्रि नपाएको दावि गर्नुभएको छ । चआरडिसी बनेपाले पनि सामग्रि नै नदिएर भुक्तानी लिएको देखिनु, सम्बन्धित व्यक्तिले सामग्रि नपाउनु, केहि व्यक्तिका नाममा किर्ते हस्ताक्षर हुनु, जनस्वास्थ्य प्रवद्र्धन शाखाले सामग्रि नै रुजु नगरेर भुक्तानी गर्नुले आर्थिक अनियमितता भएको स्पष्ट देखिएको छ । यसमा तीन पक्षबिच नै मिलेमतो रहेको देखिएको छ ।हाम्राे पहुँच एफ.एमबाट साभार


