अटोको ठक्करबाट दाङमा वर्षीय बालक घाइते

Byदोर्ण के.सी.

९ भाद्र २०८१, आईतवार १७:४४ ९ भाद्र २०८१, आईतवार १७:४४ ९ भाद्र २०८१, आईतवार १७:४४

थर्कोट समाचारदाता
तुलसीपुर, ९ भदौ । तुलसीपुरमा अटोको ठक्करबाट एक बालिका गम्भिर घाइते भएकी छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार अटोको ठक्करबाट तुलसीपुर–१० निवासी मनोज पुनको ३ वर्षिया छोरी काब्या गम्भिर घाइते भएकी हुन् । गम्भिर घाइते बालिकाको दुवै हात र दुवै खुट्टा अनि शरिरमा चोट लागेको छ । बालिकालाई तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । तुलसीपुरबाट कटाहतर्फ जाँदै गरेको रा १ ह १९५३ नम्बरको अटोले आज बेलुका साढे साढे ५ बजेतिर तुलसीपुर–१० मा ठक्कर दिएको हो । अटो चालक तुलसीपुर–११ उरहरीका ४४ वर्षिय जनार्दन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds