थर्काेट समाचारदाता
तुलसीपुर, २५ असोज ।

कपुरकोट गाउँपालिकाको आधारभूत अस्पताल कपुरकोटमा आँखा उपचार केन्द्र उद्घाटन तथा सेवा शुभारम्भ गरिएको छ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज, कपुरकोट गाउँपालिका र राप्ती आँखा अस्पतालको संयूक्त साझेदारीमा सञ्चालित आँखा उपचार केन्द्रको सनिवार एक कार्यक्रममा विच पालिकाका अध्यक्ष दुर्गाबहादुर पुन र नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले संयूक्त रुपमा उपचार केन्द्को उद्घाटन गरेका हुन् । पालिकाका अध्यक्ष दुर्गाबहादुर पुनको अध्यक्षतमा भएको कार्यक्रममा बोल्दै नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य तथा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले नेपाल नेत्रज्योति संघले नेपाल भर दृष्टि विहिन्ता न्यूनिकरणका गर्न आफुहरु लागेको बताए । गिरीले कर्णाली, लुम्विनी प्रदेशका विभिन्न स्थानमा आँखा उपचार सेवा प्रवाह गरि रहेको भन्दै स्थानीय सरकारको साझेदारीमा विभिन्न स्थानमा आँखा स्वाथ्य सेवा प्रवाह गरेको र कपुरकोट गाउँपालिकामा पनि सेवा शुभारम्भ भएको भन्दै यसलाई निरन्तर्ता दिने बताए ।

‘हामी सवैको उद्देश्य र लक्ष्य भनेको जनतालाई सर्वसुल्भ आँखा स्वास्थ्य सेवा दिनेहो त्यसको सुरुवात यहाँबाट पनि भएको छ यसका लागि सवै जनप्रतिनिधिलाई धन्यवाद दिन चाहान्छु – गिरीले भने ।’ कार्यक्रममा पालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले राप्ती आँखा अस्पतालले हिजोका दिनमा पनि आफ्ना पालिकाका जनतालाई निःशुल्क आँखा शिविर तथा शल्यक्रिया शिविरहरु राखेर सेवा दिएको भन्दै अव पालिकामै आँखा उपचार केन्द्र स्थापना गरि सेवा प्रवाह गर्न लागेको भन्दै धन्यवाद दिएका थिए । उनले अव दैनिक जनताले कपुरकोटमै सेवा पाउने भएकाले सहज हुने बताए । कार्यक्रममा पालिकाका अध्यक्ष पुनले कपुरकोट गाउँपालिकामा एउटा इतिहासरचेको भन्दै आँखा उचार केन्द्र स्थापना गर्न पाउँदा आफुहरु निकै खुसी भएको बताए । उनले यसका लागि साझेदारी गर्ने राप्ती आँखा अस्पताललाई धन्यवाद दिए ।‘हामीहरुले विगत ४ बर्ष देखि राप्ती आँखा अस्पताल संग साझेदारी गरेका छौ, अव पनि कार्यक्रमले निरन्तर्ता पाउने छ –पुनले भने ।’ उनले आँखा उपचार केन्द्र सञ्चालन गरि यहाँका नागरिकहरुको सेवामा सहजता प्रदान गरेकोमा आफुहरु निकै खुसी भएको बताए ।


कार्यक्रममा बोल्दै राजनितिक, तथा सरोकारवालाहरुले आँखा उपचार केन्द्र उद्घाटन संगै त्यहाँका जनताहरुलाई आँखा सम्वन्धि सहज सेवा प्रवाह हुने भन्दै खुसी व्यक्तगरेका थिए । पालिका र अस्पतालले गरेको यस कार्यले दृष्टिविहिन्ता न्यूनिकरणमा महत्वपूर्ण योगदान पुग्ने सहभागीहरुको भनाई थियो । अझैपनि दुरदराजका जनताले आँखा सेवा सहजरुपले नपाएको बताएका थिए । गाउँपालिकाका स्वास्थ्य संयोजक सुवास हमालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाली काँग्रेसका डन्डबहादुर सेन, नेकपा एमालेका ओमबहादुर वुढा, नेपाल कम्युनिष्ट पार्टिका यमकुमार बस्नेत , वडा नं २ का वडाध्यक्ष ईश्वर बुढा, नेपाल नेत्रज्योति संघ दाङ शाखाका सहसचिव प्रणवकुमार खड्का , सदस्य सुरेन्द्रबहादुर खड्का, राप्ती आँखा अस्पताल प्रशासनिक समितिका संयोजक ध्रुव गौतम, राप्ती आँखा अस्पतालका मेडिकल डाइरेक्टर सहायक प्रा.डा रन्जितकुमार साहलगायतले आँखा उपचार केन्द्र सञ्चालन संगै कपुरकोट गाउँपालिका र आसपासका जनतालाई सहज हुने भन्दै शुभकामना व्यक्तगरेका थिए । कार्यक्रमको सहजिकरण कपुरकोट गाउँपालिका आधारभूत अस्पतालका व्यवस्थापक देवेन्द्रकुमार सेनले गरेका थिए । पालिका र राप्ती आँखा अस्पतालको साझेदारीमा सञ्चालित आँखा उपचार केन्द्रबाट अव दैनिक विहान ९ वजे देखि ४ बजे सम्म आँखा उपचार सेवा प्रवाह हुने राप्ती आँखा अस्पतालका वरिष्ठ प्रशासकिय अधिकृत जसराज विश्वकर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds

This will close in 0 seconds