थर्कोट समाचारदाता
तुलसीपुर २३, असाेज ।
शिव सेना नेपाल, दाङको आयोजनामा घोराही चाेक स्थित वीरेन्द्र चोक देखि हात्तीखौवा चोकसम्म रहेका सोलार लाइटका पोलहरूमा नेपालको राष्ट्रिय झण्डा स्थापना गर्ने कार्यक्रम आयोजना गरिएकाे शिव सेना न्पाल दाङले जनाएको छ । राष्ट्रिय झण्डाको सम्मान, राष्ट्रप्रेम र राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागी भई राष्ट्रिय गौरव र देशभक्तिको सन्देश प्रवाह गर्न शिव सेना नेपाल, दाङले सम्पूर्ण दङ्गाली जनसमुदाय, आदरणीय आमाबुबा, राष्ट्रवादी साथीभाइ, दिदीबहिनी तथा देशभक्त नेपालीहरूलाई हार्दिक निमन्त्रणा गरेको छ। आयोजकले राष्ट्रिय झण्डा नेपालको स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय पहिचानको प्रतीक भएकाले यसको सम्मान र संरक्षण गर्नु प्रत्येक नेपालीको साझा दायित्व भएको सन्देश समेत दिएको छ।
“राष्ट्रिय झण्डा हाम्रो शान, नेपालको गौरव हाम्रो पहिचान” भन्ने भावनाका साथ आयोजना हुन लागेको यस अभियानमा सहभागी भई राष्ट्रिय एकता र देशप्रेमको सन्देश फैलाउन आयोजकले सबैमा आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds

This will close in 0 seconds