दाेर्ण के.सी.
तुलसीपुर ०१ असाेज ।
तुलसीपुर नगर जेसीजले नेपाल जेसीजको ६२औँ स्थापना दिवसको अवसरमा तुलसीपुरमा विद्यार्थी लक्षित तालिम कार्यक्रम सम्पन्न गरेको छ।
जेसीआईको Mission–Vision तथा JCI Active Citizens Framework अन्तर्गत सञ्चालन गरिएको उक्त तालिममा ग्रेट अरनिको माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो। तालिममार्फत विद्यार्थीहरूमा नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व, सक्रिय नागरिकको भूमिका तथा व्यक्तित्व विकाससम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो।


तुलसीपुर नगर जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी कमल प्रकाश शर्माको अध्यक्षता तथा ग्रेट अरनिको माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको हो।
तालिममा तुलसीपुर नगर जेसीजका वरिष्ठ सल्लाहकार मानबहादुर बस्नेत तथा पूर्व अध्यक्ष एवं नेपाल जेसीजका Personal Development Coordinator जेसी पूर्णबहादुर डाँगीले प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रम संयोजक जेसी बुद्धिराज सापकोटाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जेसीज आस्थापाठ अध्यक्ष सल्लाहकार जेसी मेघराज पोख्रेलले गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन तुलसीपुर नगर जेसीजका महासचिव झग्गु प्रसाद सापकोटाले गर्नुभएको थियो।
कार्यक्रममा विद्यार्थीहरूले जेसीआईको मूल्य, मान्यता, नेतृत्व विकास र समुदायप्रति जिम्मेवार नागरिकका रूपमा निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी प्राप्त गरेका थिए। तालिमले विद्यार्थीहरूलाई व्यक्तिगत विकाससँगै समाजमा सकारात्मक परिवर्तनका लागि सक्रिय बन्न प्रेरित गरेको आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds

This will close in 0 seconds