बालबालिकाको समग्र विकासमा स्थानीय सरकारको भूमिका विषयक संवाद कार्यक्रम सम्पन्न

Byदोर्ण के.सी.

२७ भाद्र २०८३, शनिबार १६:२९ २७ भाद्र २०८३, शनिबार १६:२९ २७ भाद्र २०८३, शनिबार १६:२९

दाेर्ण के.सी.
तुलसीपुर २७ भदाै ।

‘बालापनको रक्षा, भविष्यको सुरक्षा’ भन्ने राष्ट्रिय मुल नाराका साथ ६२औँ राष्ट्रिय बाल दिवसको अवसरमा ‘बालबालिकाहरूको समग्र विकासका लागि स्थानीय सरकारको भूमिका’ विषयेक संवाद कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ।
दलित महिला संघ दाङ (FEDO) को आयोजना तथा FJS Foundation for a Just Society को सहयोगमा सम्पन्न कार्यक्रममा तुलसीपुर क्षेत्रका विभिन्न विद्यालयका बालबालिकाहरूको सहभागिता रहेको थियो।


राष्ट्रिय बालिका अधिकार मञ्चकी संयोजक चन्द्रिका विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रवक्ता एवं वडा नं. १८ का वडा अध्यक्ष माधव वली, दलित महिला संघ (FEDO) दाङकी अध्यक्ष युवा करारा, थर्कोट डट कम अनलाइनका प्रबन्धक दोर्णबहादुर के.सी., सामाजिक अभियन्ता खेमराज विश्वकर्मा लगायतको सहभागिता रहेको थियो।


कार्यक्रमको विषयवस्तु माथि प्रकाश दलित महिला संघ (FEDO) दाङकी अध्यक्ष युवा कराराले पार्नुभएको थियो। कार्यक्रममा नगर प्रवक्ता एवं तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष माधव वली तथा सामाजिक अभियन्ता खेमराज विश्वकर्माले बालबालिकाको अधिकार, संरक्षण, शिक्षा, सहभागिता तथा समग्र विकासमा स्थानीय सरकार र समुदायको भूमिकाबारे प्रशिक्षण तथा सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा बालबालिकाहरूले आफ्ना सवाल, जिज्ञासा तथा स्थानीय तहबाट बालबालिकाका लागि अपेक्षा गरिएका विषयहरू समेत राखेका थिए।
वर्षा शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण दीपिका विश्वकर्माले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds

This will close in 0 seconds