दाेर्ण के.सी.
तुलसीपुर, २४ भदौ ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) दाङको आयोजनामा तीज विशेष जिल्ला स्तरीय नृत्य प्रतियोगिता–२०८३ तुलसीपुरमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरु छमछमी नाचेका थिए । नेसनल प्याब्सन दाङका अध्यक्ष शालिराम कार्कीको अध्यक्षता एंव नेसनल प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुवोध कुमार डाँगीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

तीज पर्वको मौलिक संस्कृति, कला तथा परम्पराको संरक्षणसँगै विद्यार्थीमा रहेको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जानकारी गराएको थियाे । प्रतियोगितामा दाङ जिल्लाका विभिन्न निजी तथा आवासीय १४ विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको नेसनल प्याब्सन दाङका सचिव छवि कुमार वलीले जानकारी दिनुभएकाे हाे । कार्यक्रममा नेसनल प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष ठाकुरप्रसाद डाँगी, पत्रकार दिपक बाेहरा लगायतले शुभकामना मन्तव्य दिनुभएको थियाे ।

तीज विशेष जिल्ला स्तरीय नृत्य प्रतियोगिता–२०८३ कार्यक्रममा विभिन्न १४ विद्यालयहरुकाे कडा प्रतिस्पर्धात्मक प्रस्तुतिहरू बिच अन्ततः ज्ञान ज्योति सेकेन्डरी स्कुल तुलसीपुर प्रथम, शिखा सेकेन्डरी स्कुल तुलसीपुर द्वितीय, मिडवेष्ट प्वाइन्ट एकाडेमी शान्तिनगर तृतीय र सगरमाथा सेकेन्डरी स्कुल तुलसीपुरले सान्त्वना स्थान हासिल गरेका थिए, भने विजयी विद्यार्थीहरूलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएकाे थियो ।

कार्यक्रममा नेसनल प्याब्सन दाङका उपाध्यक्ष शरद गौतमकाे स्वागत मन्तव्य रहेकाे कार्यक्रमको सहजीकरण नेसनल प्याब्सन दाङका सचिव छवि कुमार वलीले गर्नुभएको थियो। प्रतियोगितामा सहभागी विद्यार्थीहरूले तीजका मौलिक गीत तथा नृत्यमार्फत नेपाली कला, संस्कृति र परम्परा झल्किने गरि प्रस्तुती राखेका थिए । कार्यक्रममा सहभागी अतिथिहरुले तीजलाई भाइचाराको पर्वका रूपमा मनाउनुपर्ने र यसका संस्कार तथा संस्कृति संरक्षणमा सबै जुट्नुपर्ने विचार व्यक्त गर्दै सिर्जनात्मक क्षमता, आत्मविश्वास र सांस्कृतिक चेतनाको विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds

This will close in 0 seconds