थर्काेट समाचारदाता
तुलसीपुर, १३ दाङ ।
तुलसीपुरको नयाँ बसपार्क क्षेत्रका विभिन्न होटलबाट प्रहरीले अवैध रूपमा राखिएको मदिरा बरामद गरी नष्ट गरेको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी सहायक निरीक्षक (सही) हरि खड्का तथा अस्थायी प्रहरी चौकी नयाँ बसपार्कका कार्यालय प्रमुख दिग्विजय के.सी. को नेतृत्वमा खटिएको प्रहरी टोलीले नयाँ बसपार्क क्षेत्रका होटल तथा आसपासमा अनुगमन गर्ने क्रममा बिक्री तथा प्रयोगका लागि राखिएका विभिन्न प्रकारका मदिरा बरामद गरेको हो।
प्रहरीले विभिन्न आकारका प्लास्टिकका जर्किन तथा बोतलमा राखिएको मदिरा नियन्त्रणमा लिएको जनाएको छ। बरामद गरिएको मदिरा नष्टग्नका लागि जनप्रतिनिधि, टाेल बिकास संस्था, बुद्धिजीवी लगायतकाे राेहबरमा आवश्यक प्रक्रिया पुरा गरी नष्ट गरिएको प्रहरीको प्रहरीले जानकारी दिएकाे हाे।


नयाँ बसपार्क क्षेत्रमा होटल तथा व्यवसाय सञ्चालन गर्दा कानुन विपरीत रूपमा मदिरा उत्पादन, भण्डारण तथा बिक्री–वितरण नगर्न प्रहरीले व्यवसायीलाई आग्रह गरेको छ। यस्ता गतिविधि नियन्त्रणका लागि आगामी दिनमा समेत अनुगमनलाई निरन्तरता दिने प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय तुलसीपुरका सही हरि खड्का अस्थायी प्रहरी चाैकी नयाँ बसपार्कका कार्यालय प्रमुखल दिग्विजय के.सी. काे नेतृत्वमा नयाँ बसपार्कका प्रत्येक हाेटलहरुबाट मदिरा बरामत गरिएकाे छ भने केही समयपछि नष्ट गरिने ईलाका प्रहरी कार्यालय तुलसीपुरका सही हरि खड्का अस्थायी प्रहरी चाैकी नयाँ बसपार्कका कार्यालय प्रमुखल दिग्विजय के.सीले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds