
थर्काेट समातारदाता
तुलसीपुर, ३१ असोज ।
जुवा खेलिरहेको अबस्थामा गएराति तुलसीपुर उपमहानगरपालिका -३ को दरमागउँबाट प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएकोे छ । तुलसीपुर उपमहानगरपालिका –३ दमारगगाउँमा कुबेर वलीकाे घरमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा गएको प्रहरीले गएराति उनीहरुलाई प्रकाउ गरेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी साहयक निरीक्षक प्रकाश भण्डारीले जानकारी दिनुभएको हाे । उनीहरूलाई प्रहरीले राती पौने १२ बजे ६६ हजार ५ सय साठी रुपैयाँ नगद सहित पक्राउ गरेको हो ।

यसरी पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँ निवासी वर्ष ५८ का कुबेर रेउले, वर्ष ३२ का डम्मर राज वली, वर्ष २८ का सन्दिप सुनार, वर्ष २४ को मनिष चन्द, वर्ष ३२ का टिकाराम केसी, बर्ष ३२ का अरुण कुमार चन्द र बर्ष ३६ को अजय गिरी रहेको प्रहरीले जनाएको हाे ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी साहयक निरीक्षक प्रकाश भण्डारीको नेतृत्वमा गएको प्रहरी टोलीले कुबेर रेउलेको घरमा छापा मारेको थियो । पक्राउ परेकाहरुहरुको साथबाट प्रहरीले एक गड्डी तास बरामद गरेको प्रहरी निरीक्षक सूर्य बहादुर रानाले जानकारी दिनुभएकाे छ । पक्राउ परेका सबैलाई इप्रका तुलसीपुरको हिरासतमा राखिएको छ ।

