दोर्ण के.सी.
तुलसीपुर, ४ फागुन ।
लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजी दान बहादुर कार्कीले नेपाल प्रहरीलाई कतिपय मानिसहरूले बच्चा छोप्ने, मानिस पिट्नेको नाममा प्रयोग गरि स–साना बालबालिकाहरूलाई डराउँन दिन्छन् तर प्रहरी यो राष्ट्रको, देशको, आम नागरिकको साथी हो भन्नुभएको थियो । उहाँले गुल्मीको घटनालाई स्मरण गराउँदै सो कुरामा जोड दिनुभएको हो । यसैबिच उहाँले नेपाल प्रहरी अपराध नियन्त्रणदेखि राजश्व चुहावट र दुर्घटना न्युनिकरणमा सक्रिय रुपमा लागिरहेको बताउनुभएको थियो । लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी समालेको करिब दुई महिनाको अवधीमा प्रदेश र प्रदेश मातहतका प्रहरी इकाईहरुले गरेका कार्य प्रगतिबारे आज पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गर्दै उहाँले सो धारणा राख्नुभएको हो हो । गत माग महिनामा मात्रै ८७ हजार बढि सवारी साधन कारवाहीमा परेको उहाँले पत्रकार सम्मेलन मार्फत बताउनुभएको थियो ।

चालु आर्थीक वर्ष २०८१÷०८२ को माग महिनामा मात्रै ट्राफिक नियम उल्लंघन गर्ने ८७ हजार ९ सय २५ वटा सवारी साधन कारवाहीमा परेको उहाँले बताउनुभएको थियो । जसबाट ९ करोड ३९ लाख ९४ हजार ५ सय २१ रुपैयाँ राजश्वसमेत संकलन भएको छ । सो अवसरमा उहाँले विगतको तुलनामा प्रदेशमा समग्रमा सवारी दुर्घटनामा कमि आएको समेत बताउनुभएको थियो । उहाँका अनुसार प्रदेशमा माग महिनामा सबैभन्दा धेरै ३ सय १७ वटा मोटरसाइकल दुर्घटना भएका छन् । दोस्रोमा ५१ वटा कार, ४६ वटा अटो, ३४ वटा साइकल, २० वटा बस, १६ वटा टिप्पर, १५ वटा ट्रक÷ट्यांक्टर, १० वटा ट्याक्टर र ४ वटा माइक्रो दुर्घटनामा परेका छन् । माग महिनामा भएका यी सवारी दुर्घटनामा परी ४२ जनाको मृत्यु भएको छ भने ५ सय ५१ जना घाइते भएका छन् । यसैगरी प्रदेशमा चालु आर्थीक वर्षको पुस र माग महिनामा ३५ नाल (लामो हतियार) भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ भने ४ नाल छोटो हतियार, २७ राउण्ड गोली कठ्ठा र ९ सय २६ थान छर्रा बरामद गरिएको छ । यस्तै चालु आर्थिक वर्षको माग महिनामा मात्रै प्रदेशका विभिन्न जिल्लामा गरेर ९८ जनाले आत्महत्या गरेका छन् । जसमा ८४ जनाले झुण्डिएर र १४ जनाले विष सेवन गरेर आत्महत्या गरेका छन् । चालु आर्थिक वर्षको पुष महिनामा प्रदेशभर ५ सय ८७ फरार अभियुक्त मध्य ४ सय ६९ जना पक्राउ परेका छन् भने माग महिनामा ७ सय २९ फरार अभियुक्त मध्य ५ सय ६३ जना पक्राउ परेका छन् । यसैगरी पुष महिनामा ५ सय ३३ वटा अपराधका मुद्धा दर्ता भएकोमा माग महिनामा ५ सय ४६ वटा मुद्धा दर्ता भएको डिआइजी कार्कीले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको हो । यसैगरी पुस महिनामा लागुऔषध सम्बन्धि ५८ वटा मुद्धा दर्ता भएका छन भने माग महिनामा ५९ वटा मुद्धा दर्ता भएका छन् । यसैगरी पुस महिनामा हराएका ३ सय ३ जना महिला बालबालिका तथा ज्येष्ठ नागरिकमध्य १ सय ५२ जना फेला परेका छन भने माग महिनामा ३ सय ३० जनामध्य १ सय ६५ जना फेला परेका छन् । पुस महिनामा फरार प्रतिबादी पक्राउ गरि फैसला कार्यान्वयन अन्र्तगत २ सय ७६ वर्ष, ८ महिना, १९ दिन कैद असुल गरिएको छ भने माग महिनामा २१२ बर्ष, २ महिना, २ दिन कैद असुल गरिएको डिआइजी कार्कीले बताउनुभयो । सोही अवधीमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत विभिन्न सचेतनामुलक कार्यक्रम पनि सञ्चालन गरिएको उहाँले बताउनुभयो । समग्रमा दुर्घटना न्युनिकरण, अपराध नियन्त्रण, राजश्व चुहावट नियन्त्रण लगाएतमा प्रहरीले सक्रिय रुपमा काम गरिहेको डिआइजी कार्कीले बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds