दोर्ण के.सी.
दाङ, ३ फागुन।
तुलसीपुर–९ बेलुवामा रहेको सगरमाथा बालबाटिका इंग्लिस बोर्डिङ स्कुलले शनिबार आफ्नो १८ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ । विद्यालय सञ्चालक समिति अध्यक्ष यमकान्त खरेलको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा तुलसीपुर–३ का वडा अध्यक्ष वरि बहादुर विकले विद्यालयलाई नमुना शैक्षिक संस्थाको रूपमा विकास गर्नुपर्ने र अभिभावक हरूको चासो र सहभागिता अझै बढाउन आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।कार्यक्रममा अभिभावक, शिक्षक,विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । प्रधानाध्यापक छविकुमार वलीले विद्यार्थीको शैक्षिक गुणस्तर सुधार गर्न नयाँ शिक्षण पद्धति, प्रविधिमैत्री कक्षा कोठा र अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिने बताउनुभएको थियो । कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक शरद शर्मा मज्गैँयाले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds

This will close in 0 seconds