दाेर्ण के.सी.
दंगीशरण ०२ फागुन
नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले ३० औँ  जनयुद्ध दिवस मनाएको छ । जनयुद्ध दिवसको अवसरमा रक्तदान सँगै शुभकामना आदानप्रदान गरेर पश्चिम दाङकाे दंगीशरण गाउपालिका स्थित थारु संग्राहलयमा एक कार्यक्रमकाे आयाेजना बिच दिबस मनाएको हाे । दिवसको अवसरमा ३० ओै जनयुद्ध दिवशलाई लक्षीत गरि ३० जना पार्टी सदस्यहरुले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा बहुमतका महासचिव धर्मेन्द्र वास्तोला (कञ्चन)ले जनयुद्ध दिवसको अवसरमा शुभकामना व्यक्त

गर्दै देशलाई जिबन चाहिएको र यतिवेला देशका लागि  जिवनदान गर्ने देशभक्तिहरुको आवश्यकता रहेको बताउनुभएकाे थियाे । जनयुद्धका क्रममा जिबनदान गरेका सहिद र घाईते योद्धालाई सम्मान गर्दै सहिद र घाईते योद्धाका सपनाहरुलाई अलपत्र पर्न नदिने महासचिव वास्तोलाले बताउनुभएको थियो । जनयुद्धका योद्धाहरु संसदवादी सुखसयलमा डुबुल्कीमार्नु , दलाल संसदीय पुँजीवादी व्यवस्थामा आत्मसर्मपन गर्नु दुःखत भएको

बताउँदै संसदवादी व्यवस्थाका दलालहरु कै कारणले दिनहुँ नेपाली जनताको भविष्य अन्धकारमा धकेलिरहेको बताउनुभएकाे थियाे । नेपाली जनताहरुको भविष्य निर्माण गर्दै गर्दा माओवादी जनयुद्धको नेतृत्व र बैज्ञानिक पराजयको कारणले व्यवहारिक, राजनैतिक, संगठात्मक पराजयमा बदलिन पुगेको हो, त्यसले सिङ्खो नेपाली जनतालाई दु:खी तुल्याएको छ पार्टीका महासचिव कञ्चनले भन्नुभएकाे थियाे ।  नेपाली जनताहरु दिक्भ्रमितमा छन् ठूलो अविश्वासमा छन्, इतिहासको बिरासत र भबिष्यको जिम्मा नेकपा बहुमतमा आएको महासचिव कञ्चनले बताउनुभएको थियाे  । फागुण १ गते अर्थात बिहीवार पार्टीको इतिहास र जनयुद्धका शहीदहरूलाई श्रद्धांजलि अर्पण गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको थियो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds