थर्काेट समाचारदाता
दाङ ९ असाेज
दाङमा मंगलबार कार र माेटरसाईकल एक आपसमा ठाेकिएकाछन् । पुर्व पश्चिम राजमार्ग अन्तरगत लमही९ च्याउखाेलामा तुलसीपुरबाट भालुबाङ तर्फ जाँदै गरेकाे लु
६७ प. ४१५६ नम्बरको माेटर साईकल र लमहीदेखि तुलसीपुर तर्फ जादै गरेकाे लु१ च २९९३ नम्बरको कार एक आपसमा ठाेकिएकादथिए । साे दुर्घटनामा माेटरसाईकल चालक राप्ती गाउँपालिका-४ बस्ने वर्ष २५ काे सुरेश चाैधरीकाे दायाँ हातमा चाेट लागेकाेछ भने कारमा सवार सबै सकुसल रहेकाे र कारकाे अगाडिको भागमा क्षेती पुगेकाे रिहार अस्थाई प्रहरी चाैकीका प्रहरी सहायक निरीक्षक नन्द आलेले जानकारी दिएकाछन् ।

कार चालक लमही उपमहानगरपालिका -८ बस्ने वर्ष ३० का सुनिल कुमार चाैधरीलाई रिहार अस्थाई प्रहरी चाैकीले नियन्त्रणमा लिएकाेछ । भने घाइते माेटर साईकल चालक सुरेश चाैधरीलाई लमही अस्पतालमा लगिएको रिहार अस्थाई प्रहरी चाैकीका ईञ्चार्ज आलेले जानकारी दिएका थिए ।

