थर्कोट समाचारदाता
तुलसीपुर २२ माघ
्र पाठे घरको मुखको क्यान्सर बिरुद्दको खोप लगाउने अभियानआजदेखि शुरू गरिएको छ । आज पहिलो दिन तुलसीपुर उपमहानगरपालिकामा १ हजार ६५ जनाले उक्त खोप लगाएका छन् ्र कक्षा ६ देखि कक्षा १० सम्मका किशोरी हरुमा भविष्यमा उनीहरुलाई पाठे घरको मुखको क्यान्सर रोग लाग्नबाट जोगाउन ह्युमन प्यापिलोमा भाईरस एच पी भी खोप लगाउन सुरु गरिएको हो । माघ २२ गते देखी माघ ३० सम्म उक्त खोप लगाईने गरी तुलसीपुर उपमहानगरको जनश्वाश्थ्य प्रवर्धन शाखाले तयारी गरेको छ ।्तुलसीपुर ९ को मा बि दोघरेमा राखिएको खोप केन्द्रबाट नगर प्रमुख टिकाराम खडकाले बिहान ११ बजे खोप अभियानको सुभारम्भ गरेका थिए । तुलसीपुर उपमहानगरपालिकाको १९ वटा वडा मध्ये आज ८ वटा वडामा तोकिएका खोप केन्द्रहरुबाट त्यो संख्याका किशोरीहरुलाई उक्त खोप दिईएको हो । उपमहानगरको वडा नम्बर २ को माबि बालापुर वडा नम्बर ३ को सरस्वती माबि दमारगाउँ ७ नम्बर वडाको ज्ञानज्योती बोर्डिंग स्कुल, वडा नम्बर ८ को मा बि अस्वारा र वडा नम्बर ९ को माबि दोघरेमा राखिएका अ(स्थाई खोप केन्द्र बाट ती कक्षा समुहका किशोरीहरुलाई खोप दिईएको हो । त्यसै गरी वडा नम्बर नम्बर १२ को महेन्द्र माद्यामिक विद्यालय कपडादेवी वडा नम्बर १४ को आधारभुत बिद्यालय खौसापुर र वडा नम्बर १६ को माबि लक्ष्मीपुरमा राखिएका अस्थाई खोप केन्द्रहरुबाट पनी उपमहानगरको जनस्वाश्थ्य प्रवर्धन शाखा बाट खटीई गएका स्वाश्थ्यकर्मी हरुले तोकिएको कक्षा समुहका किशोरी हरुलाई क्यान्सर बिरुद्दको खोप दिएको कुरा उपमहानगरको जनस्वाश्थ्य प्रवर्धन शाखाका जनस्वाश्थ्य निरीक्षक बिमल के सी ले राप्ती पहिचान संगको कुराकानी बताए ्र हामीले क्यान्सर रोग नलागोस भनेर खोप दिई राखेका छौं भने क्यान्सर रोग भनेको के हो भनेर क्यान्सर रोगको बारेमा सचेतना कार्यक्रम समेत संचालन गर्दै गाउँबस्तीहरुमा पुग्ने काम गरी रहेका छौं उपमहानगरको जनस्वाश्थ्य प्रवर्धन शाखाका शाखा अधिकृत ओम पी न्यौपानेले बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds