लेखपोखराको गरिपारेमा नयाँ सामुदायिक भवन उद्घाटन

Byदोर्ण के.सी.

८ आश्विन २०८०, सोमबार १४:५३ ८ आश्विन २०८०, सोमबार १४:५३ ८ आश्विन २०८०, सोमबार १४:५३

दाङ, ८ असोज ।
सल्यान लेखपोखराको गरिपारेमा नयाँ सामुदायिक भवनको उद्घाटन गरिएको छ । २०० जना भन्दा बढी अट्न सक्ने वडा स्तरिय भवनको सोमबार छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले उद्घाटन गरेका हुन् । छत्रेश्वरी ५ लेखपोखरा स्थित गरिपारेमा गाउँपालिकाको १४ लाख रुपैयाँ अनुदान तथा स्थानीयको समेत लागत सहभागितामा भवन निर्माण गरिएको वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेतले जानकारी दिएकाछन् । विभिन्न सामाजिक कार्यक्रम, बैठक तथा तालिम, प्रशिक्षण लगायतका कार्यक्रमका लागि भवन अभावको समस्या हुने गरेकोमा अब देखि यस किसिमको समस्या हल भएको छ । भवनमा लेखपोखराका हाल सम्मका जनप्रतिनिधि, सहिद तथा सम्मानित व्यक्तिहरूको तस्बिर समेत राखिएको छ । सामुदायिक भवनका लागि वडाभित्र रहेका सामुदायिक वन समूहहरूले कुर्सीको सहयोग गरेको वडा अध्यक्ष बस्नेतले जानकारी दिएका छन् । उनका अनुसार अब लगत्तै भवनमा नजिकमा सार्वजनिक शौचालय निर्माणको प्रक्रिया पनि अघि बढिसकेको छ । सुन्दर, मनोरम र फराकिलो भूगोल रहेको गरिपारेमा फिल्ड निर्माण सँगै पर्यटन प्रवर्द्धनका लागि तस्बिर कैद गर्ने स्थलका लागि आवश्यक संरचना पनि निर्माण गरिएको छ ।

भवन उद्घाटन अवसरमा स्थानीयहरूले मौलिक संस्कृति झल्काउने पञ्चेबाजा, झाँकी तथा नृत्य प्रस्तुत गरेका थिए । शिलालेख अनावरण गरेर भवन उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले छत्रेश्वरीको चौतर्फी विकासको लागि हरेक पालिकावासीको योगदान आवश्यक रहेको बताएका थिए । उनले लेखपोखरामा खानेपानी समस्या समाधानका लागि आफुहरू यही वर्ष नै योजना सम्पन्न गर्ने गरी काम अगाडि बढाएको बताएका थिए । बिद्युतीकरण, सडक निर्माण, स्वास्थ्य, शिक्षा, कृषि, सेवा प्रवाह, सुशासन प्रवर्द्धन लगायतका क्षेत्रमा आफुहरू सक्रियताका साथ लागेको बताएका थिए । यस्तै गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीले बोल्दै सामुदायिक सम्पत्ती संरक्षणका लागि जोड दिएका थिए । कार्यक्रममा छत्रेश्वरी ३ का वडा अध्यक्ष तीर्थराज दाहाल, तत्कालीन लेखपोखराका गाविसका सभापती डिल्ली बहादुर वली, निवर्तमान वडा अध्यक्ष लिलाधर घर्ती, नेपाली काँग्रेसका प्रतिनिधि तुलसीराम भण्डारी, नेकपा एमालेका प्रतिनिधि ज्ञान बहादुर खड्का, नेकपा माओवादी केन्द्रका प्रतिनिधि प्रेमलाल घर्ती, राप्रपाका प्रतिनिधि मोतिरामम वली, वडा सदस्य टङ्क बहादुर वली, वडा सचिव दुर्गा बहादुर केसी, महेन्द्र माध्यमिक विद्यालयका अध्यक्ष शिव प्रसाद खत्री, कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक बालाराम वली, सामुदायिक वन समूहको तर्फबाट चन्द्र बहादुर केसी लगायतले मन्तव्य राख्दै लेखपोखराको विकासको लागि सबै एकताको साथ लाग्नुपर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds