घोराही, ७ असोज।
सौडियार माध्यामिक विद्यालयको विद्यालय व्यवस्थापन समितिले आन्दोलनमा गएका शिक्षकहरूको दुईदिनको हाजिरीमा गर्नमा रोग लगाएको छ । शिक्षकहरुको आन्दोलनको कारण ठप्प बनेको सामुदायिक विद्यालयको पठन पाठन दाङ सहीत देशभर आईतबार देखी सुरु भएको छ । विद्यालय सञ्चालन भएपछि आन्दोलनबाट फर्किएका शिक्षकहरू विद्यालयमा पढाउनका लागि पुग्दा विद्यालय व्यवस्थापन समितिले शिक्षकहरूप्रति त्यस्तो कदम चालेको हो ।
विद्यालयमा पठनपाठन सुरु भएपछि विद्यार्थिहरु हर्षीत देखिएका छन् । शिक्षकहरु विद्यालय वन्द गरेर अनिश्चतकालिन वन्दमा उत्रेपछि लाखौ विद्यार्थिहरुको पठन–पाठन अवरुद्ध भएको थियो । यसरी पठनपाठन अवरूद्व भएपछि घोराही ७ सौडियार स्थित मावि सौडियार माध्यमिक विद्यालयमा शिक्षक आन्दोलनकाक्रममा असोज ४ र ५ गते विद्यालय वन्द रहेकाले सो दुई दिन विद्यालयको हाजिरी पुस्तिकामा हाजिर गर्नवाट विब्यसले रोक लगाउँदा शिक्षकहरू पीडित भएकाछन्। शिक्षकको आन्दोलनका कारण विद्यालयमा पठनपाठनका गतिविधि नभएका कारण त्यस दिनको विद्यालयमा हाजिरी नगर्न वि.ब्य.स.को तर्फवाट रोक लगाईएको विब्यस सदस्य जिउधन चौधरीले बताएका हुन् ।

चौधरीले विहानपख सञ्चालन हुने प्लस टु तर्फ पढाउने शिक्षकहरुलाई शिक्षक आन्दोलनकाक्रममा विद्यालय वन्द भएको दिन हाजिरी नगर्न विब्यस अध्यक्ष निशानदाजु भट्टराइको नेतृत्वको टोलिले विद्यालय पुगेर शिक्षकहरुलाई आग्रह गरेको थियो । विब्यसको अनुरोध वमोजिम प्लस टु तर्फका कुनै पनि शिक्षकहरुले आन्दोलन भएको दिन हाजिरी नगरेको विब्यस चौधरीको बताएका छन् । चौधरीले विहान १० बजेदेखी सुरु हुने प्ले गु्रपदेखी कक्षा १० सम्म अग्रेजि माध्यम र नेपालि माध्यम तहमा पढाउने प्रधानाध्यापक सहीत २८ जना शिक्षकहरुलाई आन्दोलनका दिनको समयमा विब्यसको तर्फवाट रातो लगाएर हाजिरी गर्नवाट रोक लगाईएको बताएका थिए । विब्यस अध्यक्ष भट्टराइले शिक्षकहरुको आन्दोलनमा समर्थन भएपनि विद्यालय नै वन्द गर्ने कुरामा सुरुदेखी आफुहरुको असहमति रहेकाले शिक्षक आन्दोलनकै क्रममा असोजको ५ गते शुक्रवारका दिन प्ले गु्रपदेखी कक्षा ५ सम्म अग्रेजि माध्यममा सकारात्मक शन्देश दिन पढाई सुरु समेत गरीएको बताउँदै उनले आन्दोलनका वेला हाजिरी गर्न रोक लगाएको वारे विब्यसले घोराही उपमहानगर शिक्षा महाशाखालाई पनि जानकारी दिइएको बताएका थिए ।
