दोर्ण के.सी.
दाङ, ११ मंसिर । यहि मंसिर २१ गतेदेखि माबि सौडियारको प्राङ्गणमा सुरु हुने श्रीमद भागबत ज्ञान महायज्ञको पुर्ब तयारी स्वरुप दाता पहिचान समितिको बैठक मंगलबार सम्पन्न भएको छ । दाता पहिचान समितिका संयोजक सौडियार निबासी भुपबहादुर डाँगिको संयोजकत्वमा गठित उपसमितीको बैठक बसेको हो ।महायज्ञ मुल आयोजक समितिका संयोजक निशानदाजु भट्टराईको अध्यक्षतामा बसेको बैठकमा बोल्दै डाँगिले दाता पहिचान गर्न सबैले सहयोग गर्नुपर्ने भन्दै स्थानीय रुपमा शिक्षक तथा शिक्षिका, जनप्रतिनिधी, अभिभाबक, पुर्ब विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, सामाजिक अगुवा, राजनितिक दल सबैले आ(आफ्नो तर्फबाट दाताको सुचि बनाएर समन्वय गर्नुपर्ने बताउनु भएको थियो ।उहाँले समुदायको साझा सम्पत्तिका रुपमा विद्यालय रहेकाले विद्यालयको हितका लागि आयोजित महायज्ञ सबै मिलेर सफल पार्नुपर्ने बताउनु भएको थियो । सो अवसरमा बोल्दै घोराही ७ का वडा अध्यक्ष खोपिराम चौधरीले पनि महायज्ञ सफल पार्न वडाले सबै जनप्रतिनिधि, स्थानीय समुदायको धेरै भन्दा धेरै सहयोग जुट्ने गरि बाताबरण बनाउदै लैजान सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । त्यस्तै पुर्ब विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमप्रकाश खड्काले महायज्ञ सफल पार्नु साझा कर्तब्य हुन आएको भन्दै आफ्नो वडामा विद्यालयको बिकासका लागि हुन लागेको पुणित कार्यमा सहभागी हुन सबैमा आग्रह गर्नु भएको थियो । छलफलमा घोराही ७ का वडा सदस्य तथा धान्याञ्चल उप समितिका संयोजक चिजबहादुर चौधरी, पुर्ब बिब्यस अध्यक्ष बुद्धिप्रकाश चौधरी सचीन, विद्यालय व्यवस्थापन समिति सल्लाहकार माधब न्यौपाने, शिक्षक अभिभाबक संघका अध्यक्ष लोकबहादुर कुवरले दाता पहिचान गर्ने कुरामा सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने बिचार ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक नन्दबहादुर वलि, सहायक प्रधानाध्यापक दामोदर पाण्डेले महायज्ञको तयारिका बारेमा जानकारी दिदै प्रचार प्रसार, निमन्त्रणा पत्र बाड्ने काम चलिरहेको बताउनु भएको थियो ।
अर्थ जगत
कला र संस्कृति
घोराही उपमहानगरपालिका
दृष्टिकोण
मनाेरञ्जन
लुम्बिनी प्रदेश
शिक्षा
समाचार
स्थानीय समाचार
महायज्ञ सफलका लागि सबैको सहयोग अपरिहार्य ः संयोजक भुपबहादुर डाँगी
