थर्काेट समाचारदाता
दाङ ६ आश्विन
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला संगठन समिति दाङले शुक्रबार जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापन पत्र बुझाएकाे छ । नेपाल जिल्ला संगठन समिति दाङले जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख समक्ष ज्ञापनपत्र बुझाएका हाे ।

नेपाल जिल्ला संगठन समिति दाङले देशमा भएका विभिन्न महंगी, भरष्ट्राचार, शाेषक सामन्तीका बिरुद्ध तथा काेईलाबास नाकामा हुने चाेरी, निकासी,लुटपाट, तसकरी लगायतका समसामयिक विषय बस्तुमा केन्द्रीकृत रहदै ज्ञापनपत्र बुझाएका हुन् ।

