पत्रकार महासङ्घको निर्वाचन फेरि स्थगित

Byदोर्ण के.सी.

३ आश्विन २०८१, बिहीबार १४:३७ ३ आश्विन २०८१, बिहीबार १४:३७ ३ आश्विन २०८१, बिहीबार १४:३७

थर्कोट समाचारदाता
काठमाडौं ३ असोज ।
नेपाल पत्रकार महासङ्घको निर्वाचन फेरि पनि स्थगित भएको छ । असोज १२ गतेका लागि मिति तोकिए पनि निर्वाचन हुन नसक्ने भएपछि फेरि पनि निर्वाचन स्थगित गर्नुपरेको महासङ्घले जनाएको छ । यसअघि तेस्रो पटकसम्म तोकिएको मितिमा महासङ्घको निर्वाचन हुन नसकेका बेला अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएपछि महासंघका बरिष्ठ उपाध्यक्ष रमेश विष्ट नेतृत्वको महासंघले असोज १२ गतेका लागि निर्वाचन मिति घोषणा गरेको थियो । तर महासङ्घका ५६ जिल्ला शाखाका अध्यक्षले यो निर्वाचन स्थगित गर्नुपर्ने र प्रदेश तथा जिल्ला अध्यक्षको भेला बोलाउनुपर्ने मागसहित संयुक्त विज्ञप्ती निकालेर दबाब दिएपछि महासंघले निर्वाचन स्थगित गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds

This will close in 0 seconds