दाङको बबई गाउँपालिकाको न्यायीक समितिमा उजुरीको संख्या वर्षेनी बढ्दै

Byदोर्ण के.सी.

४ आश्विन २०८०, बिहीबार १८:०८ ४ आश्विन २०८०, बिहीबार १८:०८ ४ आश्विन २०८०, बिहीबार १८:०८

तुलसीपुर, ४ असोज ।  पश्चिम दाङको बबई गाउँपालिकाको न्यायीक समितिमा वर्षेनी उजुरी संख्या बढ्दै गएको पाइएको छ । अघिल्लो आर्थीक वर्ष २०७८/०७९ मा जम्मा ५५ वटा उजुरी दर्ता भएकोमा गत आर्थीक वर्ष २०७९/०८० मा बढेर जम्मा ८१ वटा उजुरी दर्ता भएको बबई गाउँपालिकाको न्यायीक समितिले जानकारी दिएको छ । अघिल्लो आर्थीक वर्ष २०७८/०७९ मा दर्ता भएका ५५ वटा उजुरी मध्य ३६ वटा फछ्र्यौट भएका छन भने २ वटा उजुरी अदालत पठाइएको र १९ वटा फछ्यौट हुन बाकी रहेको न्यायीक समितिले जनाएको छ । जसमध्य सबैभन्दा धेरै जग्गा सम्बन्धि १५ वटा उजुरी दर्ता भएका छन भने सबैभन्दा कम गाली बेइजती सम्बन्धि तिनवटा उजुरी दर्ता भएका छन् । यस्तै लेनदेन सम्बन्धि १४ वटा, जग्गा रोक्का सम्बन्धि १० वटा, घरेलु हिंसा सम्बन्धि ६ वटा र श्रम ठगी सम्बन्धि ७ वटा उजुरी दर्ता भएका छन् ।

यस्तै गत आर्थीक वर्ष २०७९/०८० मा दर्ता भएका जम्मा ८१ वटा उजुरी मध्य ३९ वटा फछ्र्यौट भएका छन् भने ७ वटा अदालत पठाइएको र ३५ वटा फछ्यौट हुन बाकी रहेको बबईको न्यायीक समितिले जानकारी दिएको छ । जसमध्य सबैभन्दा धेरै जग्गा सम्बनिधकै ३२ वटा उजुरी दर्ता भएका छन भने सबैभन्दा कम श्रम ठगी सम्बन्धि एउटा उजुरी दर्ता भएको छ । यस्तै पारिवारिक विवाद लेनदेन सम्बन्धि १० वटा र घरेलु हिंसा सम्बन्धि ५ वटा उजुरी दर्ता भएका छन । यसैबिच चालु आर्थीक वर्ष २०८०/०८१ को हालसम्म जम्मा १० वटा उजुरी दर्ता भएकोमा २ वटा फछ्र्यौट भएका छन भने ८ वटा बाकी रहेका छन । जसमा जग्गा सम्बन्धि ५ वटा, पारिवारिक विवाद सम्बन्धि २ वटा, लेनदेन, श्रम ठगी र अन्य एउटा उजुरी दर्ता भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds