भूकम्पपछि जाजरकोटमा चिसोका कारण ५ जनाको मृत्यु

Byदोर्ण के.सी.

२ मंसिर २०८०, शनिबार १६:३८ २ मंसिर २०८०, शनिबार १६:३८ २ मंसिर २०८०, शनिबार १६:३८

जाजरकोट भूकम्पपछि त्रिपालमा बस्दै आएका पाँच पीडितको चिसोका कारण ज्यान गएको छ । शुक्रबार दुई जना, गत बुधबार एक जना र गत शुक्रबार दुई जनाको चिसोका कारण मृत्यु भएको हो । मृत्यु हुनेमा वृद्धवृद्धा रहेका छन । यहीँ शुक्रबार बारेकोट गाउँपालिका–४ जिरीका ७९ वर्षीय नरेन्द्रबहादुर सिंह र बारेकोट–१ रामीडाँडाका ७० वर्षीय डुमे पुनको मृत्यु भएको थियो । बुधबार भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्कीको ज्यान गएको हो । यस्तै, गत शुक्रबार नलगाड नगरपालिका–४ लहास्थित च्युरीदाराका ८४ वर्षीय गोपालबहादुर रावल र ४८ वर्षीया पम्फा रावलको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds