



थर्कोट समाचारदाता
तुलसीपुर, १४ भदौ ।
तुलसीपुरमा शनिवार विद्युत सेवा बन्द हुने नेपाल विद्युत प्राधिकरण तुलसीपुर शाखाले जानकारी गराएको छ । तुलसीपुर वितरण केन्द्र अन्तरगत फुलबारी फिडरको तुल्सीपुर(१२ चेतना नगर टोलमा सडक बिचमा रहेका पोलहरू सार्नुपर्ने र फिडर वरिपरीका रुख तथा हाँगाबिगा तथा काट्नुपर्ने भएकाले विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण तुलसीपुर शाखाका प्रमुख शिवनारायण गोशलीले जानकारी दिएकाछन् । प्रमुख गोशलीका फुलबारी फिडर अन्तरगत तुलसीपुर राप्ती बबई क्याम्पस,शितलपुर,फुलबारी लगाएतका क्षेत्रमा शनिबार बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म लाईन बन्द रहनेछ । तर समय अगावै काम सकिएमा निर्धारित समयभन्दा अघि पनि विद्युत सुचारु गर्न सकिने नेपाल विद्युत प्राधिकरण तुलसीपुर शाखाका प्रमुख शिवनारायण गोशलीले जानकारी दिएकाछन् ।

